दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिस ग्लोबल ईन्टरनेसनल नेपाल २०२२’ को लागि आवेदन फारम खुल्ला, अडिसन वैशाख ३ मा हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २२ गते, मंगलवार १८:३८

काठमाडौँ — चैत्र २२, २०७८।

काजी प्रोडक्शनको आयोजनामा संचालित ट्रेजमी ‘मिस ग्लोबल ईन्टरनेसनल नेपाल २०२२’ सौन्दर्य प्रतियोगीताको आवेदन फारम खुल्ला गरिएको छ ।

यहीँ १६ अप्रिल(वैशाख ३) मा राजधानीको ठमेलस्थित टोटोज पबमा हुने प्रतियोगिताको ग्राण्ड अडिसनमा १६ वर्ष देखि ३० वर्ष सम्म उमेर समूहका युवतीहरुले आवेदन फारम भरी अडिसनमा भाग लिन सक्नेछन। उपत्यका लगायत मोफसलका विभिन्न स्थानबाट प्रोफेसनल मोडल वन्ने लक्ष्य लिएका युवतीहरुले यस प्रतियोगीतामा सहभागी हुन सक्ने आयोजक संस्थाका सिईओ सुशान्तकाजी श्रेष्ठले जनाएका छन।

फेसन तथा मोडलिङ क्षेत्रमा प्रवेश गर्न ईच्छुक युवतीहरुको लागि विशेष फोकस गरी उनीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुसल मोडल तथा शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।

प्रतियोगिताका विजेताले ‘मिस ग्लोबल ईन्टरनेसनल नेपाल २०२२’,कोे ताज उपाधि सहित अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर साथै विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु