दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बोधित र शिखालाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २२ गते, मंगलवार १९:३१

काठमाडौं, चैत २२ गते ।
कोशी मल्टिपल क्याम्पसका बोधित डिसी र लिभरपुल कलेजकी शिखा सुवालले केबी साम ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसअन्तर्गत कलेजतर्फ मंगलबार स्वर्ण जितेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज सिंगल्स फाइनलमा बोधितले एभीएम कलेजका रुविन महर्जनलाई ३–१ ले पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा शिखाले खोप्व कलेजकी अन्जु सुवाललाई ३–० ले हराइन् ।
केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा जारी प्रतियोगिताको यु–१० ब्वाइज सिंगल्समा एभरेष्ट बोर्डिङका आर्यन शाहीले स्वर्ण जिते । उनले फाइनलमा प्रोक्सिमा एकेडेमीका नयन लउललाई ३–० ले पाखा लगाए । सो स्पर्धाको गल्र्स फाइनलमा एभीएमकी श्रेया शाक्यले एभीएमकै अर्सना महर्जनलाई ३–१ ले पन्छ्याउदै शीर्ष स्थान हात पारिन् ।
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा भइरहेको प्रतियोगिताको यु– १२ ब्वाइज सिंगल्समा एभीएमका एरिस शाक्य पहिलो भए । उनले फाइनलमा बृहस्पतिका सार्थक मानन्धरमाथि ३–१ को जित रचे । यु–१४ ब्वाइज सिंगल्स फाइनलमा गर्जी स्कुलका प्रिन्स थापाले एभीएमका एलेन महर्जनलाई ३–२ ले पराजित गर्दै पहिलो बने । यु–१६ ब्वाइज सिंगल्समा एभीएमका आयुश भारतीले एभीएमकै आयुश ताम्राकारलाई ३–० को सोझो सेटमा फाइनलमा हराउदै शीर्ष स्थानमा रहे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु