तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपालमा खान्की अर्थात् तलबी परम्पराको इतिहासमा पशुपति क्षेत्रको बेग्लै महत्त्व

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २३ गते, बुधबार ६:४६

काठमाडौं, चैत २३। नेपालमा खान्की अर्थात् तलबी परम्पराको इतिहासमा पशुपति क्षेत्रको बेग्लै महत्त्व छ । लामो इतिहास जोडिएको यस प्रथाको परम्परागत र आधुनिक रूप अझै पनि पशुपति क्षेत्रमा पाइन्छ । पारिश्रमिकका लागि धान दिने लिने चलनदेखि आधुनिक रूपमा उच्च रकमको तलब पशुपति क्षेत्रमा पाइन्छ ।

धानको हिसाबमा तलब दिइने भए पनि त्यसको गणना भने रुपैयाँमा गर्ने चलन अहिले छ । पारिश्रमिकबापत धानको सट्टा रकम पाउने भएपछि पशुपति भण्डार तहबिलका रकमी (कर्मचारी) पनि खुसी छन् । धान कुटाउन समस्या हुने भएपछि त्यस बराबरको रकम उपलब्ध गराउने गरिएको छ । रकमीको नियुक्तिका लागि शैक्षिक योग्यता आवश्यक पर्दैन । उनीहरूले परम्परादेखि नै पुर्खाको काम धान्दै आएका छन् ।

अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले पुर्खादेखिको जिम्मेवारी रकमीहरूले सम्हाल्दै आएको बताउँदै भने, “वंश परम्पराका आधारमा नियुक्त हुने प्रचलन भएकाले यो विशेष सेवा हो । धानको सट्टा रकम पाउने भएपछि रकमीलाई सजिलो भएको छ । यसप्रति खुसी नहुने जागिर छाडेर गइसकेका छन् ।” प्रतिमुरी दुई हजार रुपियाँ उपलब्ध गराइन्छ भने बढीमा २६ मुरी धान पाउने रकमी छन् ।

पशुपतिनाथका मूल पुजारीलाई मासिक दुई लाख र अन्य पुजारीलाई डेढ लाख रुपैयाँ तलब व्यवस्था छ । पशुपतिनाथका मूल पुजारीअन्तर्गत पशुपतिको चार किल्लामा आपराधिक क्रियाकलाप भएमा सजाय दिने द्वारे, कानुनी राय दिने विचारी, घाटमा आएका मरे बाँचेको निदान गर्ने घाट वैद्य, श्लेषमान्तक वनको हेरचाह गर्ने वन डिट्ठा, दोपाया चौपाया काट्ने नुहा तथा पशुपतिनाथका पुजारीको दारी कपाल काट्ने र खौरने वायोमचा छन् ।

पशुपति भण्डार तहबिलअन्तर्गत ढोका खोल्ने बन्द गर्ने कोतवाल, पानी घडीबाट समय हेर्ने र तोक्ने घडीवाल, मन्दिरको ढुकुटी हरहिसाब राख्ने बिसेट नाइके, अभिलेख तयार गर्ने जोशी वैदार छन् । जयवागेश्वरी तहबिलअन्तर्गत जग्गाको हरहिसाब हेर्ने पचली नाइके, वैदार, पूजाआजा गर्ने खल्की छन् । उनीहरूमध्ये कुनै पूर्णकालीन र कुनै अल्पकालीन सेवामा कार्यरत छन् ।

द्वारेले २७ मुरी, विचारीले २४ मुरी, वैदारले १७ मुरी, तहबिलदारले १९ मुरी, देशवार प्रधानले २२ मुरी, पञ्चप्रधानले १७ मुरी, तहसिलदारले नौ मुरी, वन डिट्ठाले १७ मुरीको खान्की छ । गलसवार ९रुखका हाँगाबिँगा काटेर पशुपतिनाथमा भोग पकाउन दाउरा दिने०लाई धान खान्की छैन । पञ्चप्रधान तीनमध्ये दुई जनालाई १० पाथी धान बढी दिइन्छ ।

देशवार प्रधान तीनमध्ये दुई जनालाई एक मुरी धान बढी दिने गरिएको छ । नुहालाई चार मुरी, महानेलाई १३ मुरी र अन्य पाँच महानेलाई नौदेखि ११ मुरी, वायोमचालाई दुई मुरी, खञ्जनेश्वर पुजारीलाई १३ मुरी तथा वन महाने छ जनालाई दामासाहीले ४८ मुरी धान तलबका रूपमा दिइन्छ । गोरखापत्र दैनिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु