
नुवाकोट । ककनी यति बेला स्थानीय चुनावले चैतको गर्मीलाई अझ तातिदै छ । चुनावले गर्मीले स्थानीय देखि केन्द्रीय स्तरका नेताहरुलाई समेत गरम हुना थालेको छ । नेकपा एमाले ककनीलाई पनि यसले छोएको छ ।चुनाव नजिकिदै गर्दा वडा अध्यक्ष देखि गा. पा.अध्यक्ष उपाध्याक्षसम्मलाई पनि तताएको छ ।
यस मध्येका हुन नरेन्द्र तामाङ्ग थिङ्ग,राजनीतिमा २०६२÷०६३ देखि होमिएका थिङ्ग एक राजनीतिज्ञ मात्र नभइ सामाजिक कार्यकर्ता पनि हुन । उनी विभिन्न संघ संगठनमा आबद्ध रहेको छन । थिङ्ग,एमाले पनि विभिन्न तहहरुमा सकृय रहदै आएको छ । हाल थिङ्ग, एमाले,गाउँ कमिटि सचिवालय सदस्य हुन ।
थिङ्ग,ककनी गा.पा. ४ का वडा अध्यक्षका बलिया दावेदार मानिन्छन । उनले प्रशासन संकायमा मास्टरर्स र कानुन संकायमा एल.एल. वि. गरेका हुन । थिङ्ग, वडा अध्यक्षका दावेदार किन भन्ने प्रश्नमा– शिक्षा, स्वास्थ्य, यातायात जस्ता विकासका पूर्वाधारमा भएका वेथितिलाई अन्त्य गर्न, स्थानीय सरकारको शुशासनमा जोड दिनका साथै जनप्रतिनिधि र प्रसासनको बेमेलको अन्य गरी स्थानीय विकास निर्माणमा सुधार ल्याउन आफ्नो वडा अध्यक्षको दावी रहेको वताउँछन ।


