तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सुरज र किसन पहिलो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २३ गते, बुधबार २०:२६

काठमाडौं । दाङका सुरज ओली र रोल्पाका किसन घर्तीमगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् । कैलालीको धनगढीमा भएको छनोट प्रतियोगिताअन्तर्गत पुरुष ५२ केजीमा सुरजले बाँकेका धर्मवीर चिडीमार र ५७ केजीमा किसनले बाँकेका विनोद चौधरीलाई पराजित गर्दै पहिलो स्थान हात पारे ।
पुरुषकै ६३ केजी तौल समूहमा दाङका अनिल पुनमगरले स्वर्ण जिते । फाइनलमा उनले पूर्वी रुकुमका गौतम पुनमगरलाई पराजित गरे । पुरुषकै ६९ केजीमा दाङका विकास रानामगरले पाल्पाका असिम धिरेन श्रेष्ठलाई पराजित गर्दैै काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि सिट सुरक्षित गरे । र फाइनलमा स्थान बनाए । पुरुषको ७५ केजीमा दाङका गणेश सुनार र ९१ केजीमा दाङकै केशर खत्रीले राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको छनोट प्रतियोगिताअन्तर्गत महिला ५१ केजी तौल समूहमा बाँकेकी माया खत्रीले पहिलो स्थान हात पारिन् । फाइनलमा उनले दाङकी आरती विकलाई पराजित गरिन् । ५७ केजी तौल समूहमा दाङकी जानकी थापामगरले रोल्पाकी सुशीला थापामगरलाई हराउँदै स्वर्ण पदक पक्का गरिन् । लुम्बिनी प्रदेशबाट ६० केजीमा सुरक्षा कुमाल र ६९ केजीमा बाँकेकी जुनुमाया थारुले पनि राष्ट्रिय प्रतियोगिताका लागि सिट सुरक्षित गरेका छन् ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु