दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कांग्रेससँग रिसाउँदै नेपाली कांग्रेस (बीपी) मा गएका उपसभापति ढकाल तारकेश्वरको मेयरमा उठ्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २३ गते, बुधबार २०:३४

काठमाडौं । नेपाली कांग्रेस (बीपी) बाट काठमाडौंको तारकेश्वर नगरपालिकामा पार्टी उपसभापति विष्णुप्रसाद ढकाल उठ्ने भएका छन् ।
पार्टीले ढकाललाई उठाउने निर्णय गरेको जनाएको छ । पार्टीले ४५ जिल्लामा स्थानीय तहको निर्वाचनका लागि पार्टी दर्ता गराएको छ । ढकाल वडा नम्बर २ निवासी हुन् । २०४६ सालबाट कांग्रेसको राजनीतिमा सक्रिय रहेका ढकालले कांग्रेसले नीति र सिद्धान्त छोडेकाले नयाँ पार्टी खालेर जानुपरेको जनाएका छन् । उनी काभ्रेस्थली गाउँ कार्य समितिको ५ कार्यकाल समिति सभापति भएका थिए । एक पटक महासमिति सदस्य पनि भएका ढकाल गत प्रदेश सभाको निर्वाचनमा पनि प्रदेशबाट उम्मेदवार बनेका थिए । २०७४ असारमा यो पार्टी दर्ता भएको हो । पार्टीको चुनाव चिन्ह ‘करुवा’ रहेको छ ।
ढकालले कांग्रेससँग असन्तुष्ट भएका धेरै नेताहरु आफ्नो पार्टीमा प्रवेश गरेको बताएका छन् । उनले कांग्रेस (बीपी) नै वास्तविक कांग्रेस भएको दाबी गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु