दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

घोषणा पत्रमा व्यवस्थित सहरीकरणका लागि आवश्यक कामहरु समेट्न आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २३ गते, बुधबार २१:०४

काठमाडौ ।नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले स्थानीय तह निर्वाचनका लागि दलहरुले तयार गर्ने घोषणा पत्रमा व्यवस्थित सहरीकरणका लागि आवश्यक कामहरु समेट्न आग्रह गरेका छन्। उनले अस्तव्यस्त सहरीकरण अहिले राष्ट्रिय समस्याको रुपमा रहेको भन्दै स्थानीय तह निर्वाचनमा पार्टीहरुले स्थानीय तहमा देखिएका समस्या समाधान गरेर सहरीकरण व्यवस्थितका लागि आवश्यक कामहरु समेट्न आग्रह गरेका हुन्। राष्ट्रिय समस्याका रुपमा रहेको अस्तव्यस्त सहरीकरण वयवस्थापनका लागि फोहोर व्यवस्थापन, ढल व्यवस्थापन, खोलानाला प्रदूषणलगायतका सवालहरुलाई घोषणापत्रमा समेट्न पौडेलले ट्विटरमार्फत आग्रह गरेका छन्। ‘अस्तव्यस्त सहरीकरण अहिले हाम्रो राष्ट्रिय समस्याको रुपमा रहेको छ। स्थानीय तहको निर्वाचनमा पार्टीहरुले स्थानीय तहमा देखिएको फोहोर व्यवस्थापन, ढल व्यवस्थापन, खोलानाला प्रदूषण, खनिजजन्य पदार्थको अन्धाधुन्ध दोहन, पानीका मूल सुक्ने समस्या आदि सवालहरुलाई घोषणापत्रमा समेट्न अनुरोध गर्दछु,’ उनले लेखेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु