दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेकपा माआवादी केन्द्र सिन्धुपाल्चोकको चुनाबि माहोल तात्यो : सम्पर्क समन्वय समितिका प्रभावशालि नेताहरु समेत स्थानियतहमा चुनाव लड्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २४ गते, बिहीबार ५:०६

काठमाडौं । २०७९ बैसाक ३० गतेको लागि घोषणा गरिएको स्थानिय तहको चुनाव नजिकिदै गर्दा नेकपा माआवादी केन्द्र सिन्धुपाल्चोकको चुनाबि माहोल तात्तिन थालेको छ ।
स्थानिय चुनावमा गठबन्धनको बिषयमाथि छलफल भईरहेको अवस्थामा माओवादी केन्द्रको स्थानिय समितिहरुले भने आवस्यकता पर्दा एक्लै पनि चुनावमा जान सकिने गरी तयारी भईरहेको बताएका छन् ।
प्रतेक गाउँपालिकाले चैत्र २८ गते सम्ममा आ–आफ्नो वडा सम्मको प्रतिनिधि चयन गर्ने समय राखेर वडा स्तरमा छलफल चलाई रहेको बेला नेकपा माआवादी केन्द्र सम्बद्ध सिन्धुपाल्चोक काठमाडौ. सम्पर्क समन्वय समितिले भने सिन्धुपाल्चोकको १२ वटै स्थानिय तहमा आफ्नो तर्फबाट उम्मेदवारी सिफारीस गरी नेकपा माआवादी केन्द्र सम्पर्क समन्वय समिति बागमती प्रदेश मा पठाएको छ ।
समितिले पठाएको सिफरीसमा सम्पर्क समन्वय समितिका केहि प्रभावशालि नेता हरुको समेत राखिएको छ ।
सम्पर्क समन्वय समिति बागमती प्रदेशका अध्यक्ष ठुलोबाबु श्रेष्ठ , नेकपा माआवादी केन्द्र सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति का ईन्चार्ज बयान बहादुर कार्की , प्रदेश सदस्य लक्ष्मि बस्नेत , महिला बिभाग ईन्चार्ज मिथिला सिग्देल , सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति का सचिव तोक बहादुर गधराज , अर्चना खड्का ,शारदा आचार्य,आशा गुरुङ ,कृष्ण कुमारी कुँवर तथा देवराज बस्नेत लगायत रहेका छन् ।
सम्पर्क समन्वय समितिलाई उचित मुल्याङ्कन गरेर कोटा छुट्याउनु पर्ने भन्दै दबाबमुलक ढंगबाट यो सिफारीस माथिल्लो समितिमा गएको हुन सक्ने बताईएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु