दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नुवाकोटमा जेठमा हाप्किडो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २४ गते, बिहीबार २०:३०

नुवाकोटमा जेठमा हाप्किडो
आउदो २ देखि ४ जेठसम्म उप–मेयर कप तथा सहिद स्मृति छैठौँ राष्ट्रव्यापी हाप्किडो प्रतियोगिता हुने भएको छ ।
वेलकोटगढी नगरपालिकाको सहयोगमा नेपाल मार्सल आर्ट्स हाप्किडो संघ नुवाकोटले आयोजना गर्न लागेको सो प्रतियोगितामा ७ वटै प्रदेश र ३ विभागीय टिम गरी १० टोलीको खेलाडीहरुको सहभागिता रहनेछ । वेलकोटगढी नगरपालिकामा नै हुने प्रतियोगितामा फाइट तर्फ महिला र पुरुष दुवैमा १२–१२ वटा तौल समूहमा प्रतिष्पर्धा हुने आयोजक सस्था नेपाल मार्सल आर्ट्स हाप्किडो संघ नुवाकोटका अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङको अनुसार सेल्फ डिफेन्स, डेमोष्ट्रेन, हाई फल, रङ फलमा पनि प्रतिष्पर्धा हुने छ । प्रतियोगितामा पहिलो हुनेलाई २५ हजार रुपैयाँ, दोश्रो हुनेलाई १५ हजार रुपैयाँ, तेश्रो हुनेलाई १० हजार रुपैयाँ र सान्त्वना स्थान पाउने टोलीलाई ५ हजार रुपयाँ प्रदान गरिने छ ।
उप–मेयर कप तथा सहिद स्मृति छैठौँ राष्ट्रव्यापी हाप्किडो प्रतियोगितामा वेलकोटगढी नगरपालिकाको ५ लाख रुपैयाँ लगानी रहने वुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । प्रतियोगितामा करिव २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु