दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गोकर्णेश्वर नगरपालिकाकाे मेयरमा देउवा निकट नेपाली कांग्रेसका युवा नेता विमल ठकुरीकाे उम्मेदवारको चर्चा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २५ गते, शुक्रबार २१:३८

२५ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै गोकर्णेश्वर नगरपालिकाकाे मेयरमा देउवा निकट नेपाली कांग्रेसका युवा नेता विमल ठकुरीकाे उम्मेदवारको चर्चा चुलिएको छ । गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेस बलियो भएको करा लाई गत स्थानीय चुनावकाे नतिजालेनै स्पष्ट पारेकाे छ ।

अहिले गोकर्णेश्वर नगरपालिकामा कांग्रेसबाट कस्ले मेयरको टिकट ल्याउला भन्ने चर्चा परिचर्चा चलिरहेकाे बेलामा नेपाली कांग्रेसले स्थानीय चुनावलाई लक्षित गर्दै “घर घर जाऔं काङ्ग्रेस जिताऔं ” अभियानकै रूपमा देशैभर नेपाली काङ्ग्रेसले अभियान संचालन गरिरहदा नेपाली काङ्ग्रेस काठमाडौं काठमाडौं क्षेत्र नं. ३ मा प्रभावशाली युवा नेताको रुपमा विमल ठकुरीले मेयरको टिकट पाउनेमा विश्वस्त रहेको जानकारी उनि निकट स्राेतले डिजीटल खबरलाई बताएकाे छ ।

चुवानी माहोल तातिरहेकाेबेलामा अहिले नेपाली कांग्रेसको केन्द्र प्रदेश देखि स्थानीय स्तरसम्मको अवस्था केलाउँदा कांग्रेसबाट मेयरमा बलियो दाबेदार हुन युवा नेता विमल ठकुरी । ठकुरीले टिकट पाउनेमा स्वयं विमल ठकुरीनै विश्वस्त रहेको आफ्ना निकटकाहरुलाई बताईसकेका छन् । स्रोतका अनुसार अहिले सबै हिसावले विमल ठकुरी गोकर्णेश्वर नगरपालिकामा मेयरका उम्मेदवारका अन्य दावेदार भन्दा बलियो दाबेदार देखिएका छन् ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निकट ठकुरीलाई १४ औं महाधिवेशनमा आम नेता कार्यकर्ताले देखाएको विश्वास हेर्दा पनि उनले काठमाडौं क्षेत्र नं. ३ मा प्रभावशाली युवा नेताको रुपमा आफूलाई उभ्याएका देखिन्छन् । त्यसैले यस पटक पार्टीले ठकुरीलाई नै मेयरको टिकट दिने उनी निकट स्रोतकाे दावी हाे ।

चुवानी माहोलमा युवा, जेहेन्दार युवा नेता ठकुरी भने नेपाली काँग्रेसमा पार्टीकाे बागडाेर अब बिस्तारै युवा पुस्ताले सम्हाल्नु पर्ने र अनेकौ आरोह अवरोह चिर्दै अब काङ्ग्रेस समग्र एक ढिक्का भएर जनताको सेवक बन्ने; उनले बताए ।

नाकाबन्दी, भुकम्प र काेभिड १९ काे माहामारीमा समेत न दिन न रात भनि अनेकौ आरोह अवरोह बिच जनताकाे सेवामा राहतका कार्यमा देखाएको तदारुकता, जनताका लागि स्वास्थ्य उपचारमा गरेको सहयोग, नि:स्वार्थ राजनीति, दु:खमा परेका जनताको लागि अहोरात्र खटिएरहेर सेवा गर्ने बानिलेनै ठकुरीकाे कार्य क्षमता र नेतृत्वको पहिचान हुन्छ । जनताकाे साथ र सहयाेग पाएमा आगामी स्थानिय निकायकाे निर्वाचनमा आफ्नाे प्रबल सम्भावना भएकाे बताउदै अझै निरन्तर रुपमा जनताकाे सेवक भईरहने स्प्रष्ट पार्छन ठकुरी ।

गोणर्केश्वर नगरपालिकामा आर्थिक, धार्मिक, पर्यटकीय विकासमा जोड दिएर नयाँ समृद्ध नगरपालिका बनाउने आफ्नो सपना रहेको बताउँदै उनले गोकर्णेश्वर नगरपालिकालाई देशकै नमूनायोग्य बनाउने गरी काम गर्न सक्छु भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।

अहिले देशै भरि युवा नेतृत्वको चाहना बढेको र विगतमा ठकुरीले गरेका कामले पनि जनस्तरमा ठकुरीको पक्षमाकांग्रेसबाट टिकट पाउनु पर्ने आम नगरवासीको चाहना पनि हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु