तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, ४४ संक्रमित कोरोनामुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २६ गते, शनिबार १८:१७

काठमाडौँ, चैत २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थय मन्त्रालयका अनुसार २ हजार ५ सय ३९ पीसीआर परीक्षणका क्रममा १२ जना र १ हजार ६ सय १६ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो।

कोरोनाका कारण शनिबार कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, यस अवधिमा थप ४४ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ९ लाख ६५ हजार ९ सय ८० जना निको भइसकेका छन् ।

हाल नेपालमा ६ सय ३७ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् । नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु