दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

श्यान्टु र सिक्कालाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २७ गते, आईतवार ६:५९

काठमाडौ ।नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र एपीएफकी सिक्का सुवाल श्रेष्ठले केबी साम ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्स उपाधि शनिबार जितेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा तीनपटकका राष्ट्रिय च्याम्पियन श्यान्टुले आफ्नै विभागका विनेश खनियाँलाई ७–११, ११–९, ११–९, ११–६, ७–११ र ११–९ को सेटमा पराजित गरे । एक हप्ताको अवधिमा श्यान्टुको यो दोश्रो उपाधि हो । यसअघि उनले चैत १९ गते चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटनिस प्रतियोगितामा भारतीय खेलाडीलाई हराउदै सिंगल्स उपाधि जितेका थिए । नेपाल आर्मी दीप साउन र एपीएफका संयोग कपाली तेश्रो भए ।
केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स उपाधि भिडन्तमा सिक्काले आर्मीकी स्वेच्छा नेम्वाङलाई ११–४, ११–४, ११–२ र ११–७ को सोझो सेटमा सहजै हराइन् । सिक्काको यो पहिलो सिनियर सिंगल्स उपाधि हो । आर्मीकी रविना महर्जन तथा प्रहरीकी सोनु थापा मगर तेश्रो भए । दुवै समूहको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १०÷१० हजार नगद पुरस्कार प्राप्त गरे ।
व्ह्ीलचेयरको सिंगल्सतर्फ पुरुषमा अर्पण सुनुवार राईले प्रदीप भण्डारीलाई ८–११, ११–५ र ११–६ तथा महिलामा लाली शेर्पाले रजनी राईलाई ११–५ र ११–३ ले फाइनलमा पाखा लगाउदै स्वर्ण हात पारे । स्टेन्डिङको महिला सिंगल्स फाइनलमा रायकोशा शाहीले मेणुका गौतमलाई ४–११, ११–७ र ११–४ को सेटमा पन्छ्याउदै शीर्ष स्थान हात पारिन् । मिडियाको पुरुष सिंगल्समा हिमालय टेलिभिजनका सुमन प्रधान पहिलो, कान्तिपुर दैनिकका राजु घिसिङ दोश्रो तथा खेलपाटीका निशान राई र राजधानी दैनिकका दिलबहादुर तामाङ तेश्रो भए ।
स्कुलतर्फ आदर्श विद्या मन्दिर (एभीएम) टिम च्याम्पियन बन्यो । एभीएमले ४ स्वर्ण, ६ रजत र ५ कांस्य हात पा¥यो ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, केबी सामका अध्यक्ष कमलकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत अमितकुमार बेगानी, आयोजक काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष धर्ममान वज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चैत २१ गतेदेखि सुरु प्रतियोगितामा ३ सय ५० खेलाडीले विभिन्न ३४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु