दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सरोजलाई तीन स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २७ गते, आईतवार ७:०७

काठमाडौं, चैत २६– भारतीय सेनाका सरोज गुरुङले तेस्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शनिबार तीन स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न दुई दिने प्रतियोगितामा सरोजले व्यक्तिगत पुम्से, पेयर पुम्से र टिम पुम्सेतर्पm स्वर्ण जितेका हुन् । उनले ३०–४० वर्ष उमेर समूहको व्यक्तिगत पुम्सेको फाइनलमा भारतकै पविन्द्र साम्पाङलाई हराउँदै स्वर्ण जिते । पेयर पुम्सेमा भने सरोजले अर्चना साम्पाङसँग मिलेर फाइनलमा रवि थापा र आकृति क्षेत्रीलाई हराए । टिमतर्पm रवि थापा, पविन्द्र साम्पाङसहितको टोलीसँग मिलेर सरोजले स्वर्ण प्राप्त गरे । पुरुष सिनियर ५४ केजी मुनि नेपालका निकी थापाले स्वर्ण, भारत पेनोर लामाले रजत तथा भारतका तिलक हिरा र नेपालका वीरेन्द्र बोहोराले कांस्य पदक पाए ।
सबजुनियर ३१–३३ केजी तौलसमूहमा नेपालकी जेसिका लिम्बुले स्वर्ण जित्दा फाइनलमा भारतकी रिसिता कश्यपलाई हराइन् । सो तौलमा नेपालकै आकृति खापुङले कांस्य पदकमा चित्त बुझाइन् । सब जुनियरकै महिला २८–३१ केजीमा भारतका सेली गुरुङले स्वर्ण, बार्बी बोरुहले रजत तथा नेपालका सिखा श्रेष्ठ र सोडिना रिजालले कांस्य पदक प्राप्त गरे । फाइटतर्पm नै महिला जुनियर ४४–४६ केजी तौलसमूहमा भारतकी सृजना कुँवर, भारतकी रेणु गुप्ता, नेपालका सोफिया गुरुङ र सुमित्रा बलामी कांस्य जिते ।
यु–१८ महिला पुम्सेमा नेपालका विविका थापामगर, भारतका आकृति मुखर्जी र प्रिया यादवले कांस्य जिते । १२–१४ वर्ष उमेरसमूहमा नेपालका खुश्बु खाँडले स्वर्ण, समिक्षा आचार्यले रजत तथा भारतकी चैताली भण्डारी र नेपालकी पासङ मोक्तानले कांस्य पदक जिते । जुनियर पुरुष ५५–५९ केजी तौलसमूहमा नेपालका विसान्त केसीले स्वर्ण जित्दा प्रथम प्रधानलाई हराए । सो तौलमा नेपालका सृजन मगर र असिन श्रेष्ठ कांस्य पदकमै खुम्चिए । पुरुष जुनियर ४८–५१ केजीमा दार्जलिङका अशोक तामाङले सनिपुरका रजत नेवारलाई हराउँदै स्वर्ण जिते । नेपालका शेख इर्पmान र हिमाल भुजेल कांस्य पदकमा नै सीमित भए ।
विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला, प्रतियोगिता निर्देशक प्रेम भुजेल, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, प्रतियोगिता संयोजक राकेशकुमार राईलगायतले पुरस्कृत गरे । प्रतियोगितामा नेपालसहित, युके र भारतका करिब पाँच सय खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिता निर्देशक भुजेलले जानकारी दिए । क्योरोगीको सिनियर पुरुष÷महिलामा ६–६, जुनियर पुरुष÷महिलामा ७–७ तथा सब जुनियरको पुरुष÷महिलामा जम्मा ७ गरी कुल ३३ स्पर्धा भएको थियो । त्यस्तै पुम्सेमा सब जुनियर, क्याडेट, सिनियर, जुनियर र मास्टर्सतर्फ प्रतिस्पर्धा भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु