तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

भिमसेन थापा गाँउपालिका वडा नं १ मा अध्यक्षमा कांग्रेसको तर्फबाट मेघ प्रसाद भट्टको दावेदारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २७ गते, आईतवार १३:५७

गोरखा ।आशन्न स्थानीय तहको निर्वाचनको मिति वैशाख ३० गतेको लागि घोषणा भएसंगै गोरखाको भिमसेन थापा गाँउपालिकामा चुनावी रौनक तातेको छ । भिमसेन थापा गाँउपालिका अपार सम्भाव्यता बोकेको शिक्षित तथा राजनैतिक चेतनाको दृष्टिकोणले समेत सदैव चर्चामा रहने पालिकामा, आशन्न स्थानीय निकायको चुनावमा पालिका अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यहरु बन्ने होडबाजीमा विभिन्न राजनैतिक दलका दर्जनौं नेताहरु टिकटको लागि दौडधुप गरिरहेका छन् ।
भिमसेन थापा गाँउपालिका वडा नं १ मा अध्यक्षको लागि कांग्रेस निकट कै चार जनाको दावेदारी रहेको छ । जसमध्येको एक दावेदार हुन् मेघ प्रसाद भट्ट । लामो समयदेखि नेपाली कांग्रेसको राजनितिमा सक्रिय हुदै आईरहेका पटकपटक पार्टीको विभिन्न कार्यक्रम हुदाँ दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका र वि सं २०४० साल पौष १६ गते मेलमिलाप दिवसको पोष्टरीङ गर्दा ध्याम्पेसाल चौकीबाट पक्राउ परी २ रात ध्याम्पेसाल र ५ रात जिल्ला प्रहरी कार्यलयमा हिरासत जिवन बिताएका भट्टले आफुलाई अध्यक्षको बलियो उम्मेदवारको रुपमा दावेदार गरेका छन् ।
राजनीतिसंगै लामो समय शिक्षक सेवामा सक्रिय भट्ट हाल गाँउमै रहेर सामाजिक काम गर्दै आइरहेका छन् । उनी भन्छन्, मैले ने.बि.संघ स्थापना हुदाँ देखि नैै आजसम्म विना स्वार्थ नेपाली कांग्रेसमा सक्रिय भएर लागेको छु । विगतमा पार्टीको विभिन्न कार्यक्रम हुदाँ दिएको जिम्मेवारी सफलता पूर्बक निर्वाह गरिसकेको व्यक्ति हुँ ।

समयको माग र आम जनताको चाहाना बमोजिम नै अबको बाँकी समय आफ्नो वडाको समग्र विकास समृद्वीमा सम्पूर्ण ध्यान केन्द्रीत गर्ने र नेपाली कांग्रेस भिमसेन थापा गाँउपालिका वडा नं १ र समग्र गोरखा कांग्रेसलाई एक ढिक्का बनाई बलियो कांग्रेसको रुपमा स्थापित गर्ने अठोट आफुमा रहेको भट्ट बताँउछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु