तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सन्जित र मनीता उत्कृष्ट खेलाडी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २७ गते, आईतवार १९:३५

काठमाडौं, चैत २७ गते ।
सन्जित डंगोल पुरुष र मनीता श्रेष्ठ प्रधान महिलामा अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । अघिल्लो दिन शनिबार सन्जितले ७३ केजीमुनि र मनीताले ५७ केजीमुनि स्वर्ण जितेका थिए । दुवै नेपाल प्रहरीका हुन् । प्रहरीकै राजबहादुर चन्द उत्कृष्ट प्रशिक्षक चुनिए ।
उत्कृष्ट खेलाडीलाई प्रतियोगिताको प्रमुख प्रायोजक स्व. अम्बिकाबहादुरका परिवारले जनही १ सय अमेरिकी डलर, आयोजक नेपाल जुडो संघका अध्यक्ष दपिकहर्ष वज्राचार्यले जनही ४ हजार र अमेरिकामा बस्दै आएका पूर्व जुडो खेलाडी अभिनव राणाले जनही ५ हजार नगद पुरस्कार प्रदान गरे । उत्कृष्ट प्रशिक्षक चन्दलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । सोही अवसरमा नेपाल जुडो संघका कोषाध्यक्ष विपिनप्रसाद श्रेष्ठले नेपाल जुडो संघका उपाध्यक्ष समेत रहेका संस्थापक खड्गबहादुर दाहाललाई सम्मान स्वरुप ५ हजार रुपैयाँ प्रदान गरेका थिए ।
सोही अवसरमा अस्ट्रेलिया बसोवास गर्ने जुडो खेलाडी मोहन बमले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोका स्वर्ण पदक विजेता देवीका खड्का र पुनम श्रेष्ठलाई उपलब्ध गराएको नगद पुरस्कार पनि प्रदान गरिएको थियो । मोहनले जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जित मार्फत नगद पुरस्कार उपलब्ध गारएका हुन् । उनले नै खेलाडीलाई समान १५ हजार नगद पुरस्कार हस्तान्तरण गरे । मोहनले प्रतियोगितामा महेन्द्रनगरबाट सहभागी खेलाडीलाई एकतर्फी भाडा स्वरुप ५ हजार रुपैयाँ पनि सहयोग गरेका थिए ।
प्रतियोगिताको अन्तिम दिन ७ स्पर्धाको फाइनल भयो । पुरुष ८१ केजीमुनि नेपाल आर्मीका जंगबहादुर सारु पहिलो भए । उनले प्रहरीका मिलन खातीलाई पराजित गरे । कैलालीका योगेन्द्र विष्ट र प्रहरीका मधु रोका मगर तेश्रो भए । ९० केजीमुनि प्रहरीका मनीष महतोले फाइनलमा आर्मीका कपिल सापकोटालाई हराउदै पहिलो स्थान हात पारे । पीजेडीका मुकेशकुमार ठाकुर र आर्मीका सुजन गुरुङ तेश्रो भए । १०० केजीमुनि प्रहरीका श्रीराम मकाजुले स्वर्ण जिते । उनले फाइनलमा आर्मीका रमेश चन्दलाई पाखा लगाए । पीजेडीका हिमान्शु गुप्ता र बाँकेका निराजन क्षेत्री पौडेलले कांस्य हात पारे । १०० केजीमाथि प्रहरीका राजन जोशीले फाइनलमा आर्मीका रन्जेश गोलेको चुनौती पन्छ्याउदै शीर्ष स्थानमा रहे । बाँकेका प्रनितजंग सिंह तेश्रो भए ।
नयाँ बजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको महिला ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो, आर्मीकै सरिता श्रेष्ठ दोश्रो तथा प्रहरीकी निशा चौधरी र कास्कीकी निर्जला मल्ल तेश्रो भए । ७८ केजीमुनि प्रहरीकी दीपा गुरुङले स्वर्ण जितिन् । फाइनलमा दीपाले आर्मीकी विनिता मगरलाई निराश पारिन् । आर्मीकै रचना श्रेष्ठ र बाँकेकी सम्झना चौधरी तेश्रो भए । ७८ केजीमाथि आर्मीकी आकृति जोशीले मकवानपुरकी अस्मिता गोलेको चुनौती पन्छ्याउदै स्वर्ण चुमिन् ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा तीन विभागीयसहित २५ टिमका १ सय ५० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु