दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुबाश र एलिशिबा फिचर्ड ‘तिमीलाई मैले देखेको’सार्वजनिक ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २८ गते, सोमबार १५:१९

काठमाडौं – युवा गायक मनोज श्रेष्ठ ( जेन )को स्वर, शब्द र संगीतमा समावेश ‘तिमीलाई मैले देखेको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको यस गीतलाई राहुल बिश्वकर्माले संगीत संयोजन गरेका हुन्।

काठमाडौंको गोकर्णेश्वर नजिकै रहेको जग्डोल पार्कमा छायाँकन गरिएको यस भिडियोमा सुबाश शाह र एलिशिबा फुँयाल बिचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। मिराज अर्यालले छायाँकन गरेको भिडियोलाई सुबाश शाहले सम्पादन गरेका हुन्।

फोर बि पिक्चर्सको प्रस्तुति रहेको यस भिडियोलाई प्रोमोशन नेपाल सँगको सहकार्यमा तयार पारिएको हो। विजय मगरको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक श्रेष्ठको आधिकारिक च्यानल ‘जेन श्रेष्ठ’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। गायक श्रेष्ठले यसअघि ‘अँध्यारो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु