तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अपाङ्गता भएका महिलाहरुको लागि कानूनी सवाल, तथा नेतृत्व विकास सम्बन्धी ४ दिने गोष्ठी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २८ गते, सोमबार १८:४५

२८ चैत २०७८ शर्मिला विश्वकर्मा, बारा
अझै पनि हाम्रो समाजमा अधिकांश अपाङ्गता भएका महिलाहरुको नेतृत्व विकास तथा कानूनी साक्षरताका विषयमा जानकारी लिनबाट बञ्चित रहेका छन् । अपाङ्गता भएका महिलाहरुलाई यस्ता सवालहरु तथा राज्यले व्यवस्था गरेका विभिन्न ऐन कानूनहरुको विषयमा जानकारी दिने उदेश्यले पहिचान नेपालले यही चैत २१ गते देखि २४ गते सम्म बारा जिल्लाको सिमरा उपमहानगरपालिकामा अपाङ्गता भएका महिलाहरुको नेतृत्व विकास र कानूनी साक्षरता सम्बन्धी ४ दिने गोष्ठीको आयोजना ग¥यो ।
सो गोष्ठीमा बारा जिल्ला सिमरा उपमहानगरपालिकाका स्थानीय अधिवक्ता दामोदर पौडेलले यस क्षेत्रमा रहेका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सेवा सुविधाक साथै न्याय दिलाउने बताउनु भयो ।
त्यसै गरी पहिचान नेपालकी अध्यक्ष इच्छा के.सी.ले अपाङ्गता भएका महिलाहरुलाई लैङ्गिकताका आधारमा भोग्न परेका भेदभावको अन्त्यका लागि सम्बन्धीत निकायसँग वकालत गर्ने बताउनु भयो । साथै पहिचान नेपालले एकल अपाङ्गता भएका महिलाहरुको हक हित र अधिकारको लागि काम गर्दै आएको पनि जानकारी गराउनु भयो ।
यसै क्रममा बारा जिल्ला सिमरा उपमहानगरपालिकाका महिला विकास कार्यलयका कार्यलय प्रमुख नितु शाहले राज्यले उपलब्ध गराउने सेवामा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पु¥याउनु पर्ने बताउदै उनीहरुको न्याय, शिक्षा, स्वास्थ्य, रोजगारका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनु भयो ।
पहिचान नेपालले बारा जिल्लामा आयोजना गरेको ४ दिने कार्यक्रममा पहिचान नेपालका अधिवक्ता अपेक्षा निरौलाले अपाङ्गता भएका महिलाहरुको हक हित र अधिकारका साथै नीति, नियम र मूलुकी ऐन कानूनमा गरिएको व्यवस्थाहरुको विषयमा जानकारी गराउनु भएको थियो । साथै नेपालको संविधान २०७२ मा व्यवस्था गरिएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका विषयमा पनि प्रष्ट पार्नु भयो ।
सो ४ दिने तालिममा बारा जिल्लाका विभिन्न प्रकारका अपाङ्गता भएका २० जना महिलाहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु