
काठमाडौं । बौद्धस्थित रामहिटीमा रहेको सिद्धार्थ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ बुटिक होटलमा नयाँ वर्ष विशेष कार्यक्रम हुने भएको छ ।
नेपाली नयाँ वर्षलाई विशेष स्मरणीय बनाउन चाहनेहरूलाई लक्ष्य गरेर न्यू एयर इभ २०७९ चैत ३० गते बुधबार साझ विशेष कार्यक्रम गर्न लागेको हो ।

न्यू एयर इभमा चर्चित ब्याण्ड र कालाकारहरुको लाइभ प्रस्तुति रहने साथै स्रोता दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने उद्देश्यले चर्चित कलाकारहरुबाट पाल्नुहुने सम्पुर्ण पाहुनाहरूले पूर्ण पारिवारिक वातावरणमा भरपूर मनोरञ्जन लिन पाउनुहुन्छ ।
सिद्धार्थ बुटिक होटल आउने सबै ग्राहकलाई कुनै गुनासो गर्नुपर्ने अवस्था नरहेको छ। ‘नेपाली नयाँ वर्ष विशेष होस् भन्ने चाहना राख्नेहरूलाई होटलले विशेष ढंगले नै स्वागत गर्ने तयारी गरेको पनि होटलका महाप्रबन्धक कमल दाहालले जानकारी दिनु भयो ।


