
२८ चैत २०७८ शर्मिला विश्वकर्मा, काठमाडौं
अपाङ्गता भएका महिलाहरुलाई सशक्तिकरण गर्ने उदेश्यले आज जुम मार्फत देशका विभिन्न स्थानमा रहेका साङ्ग तथा अपाङ्गता भएका युवाहरु विचमा कविता प्रतियोगीता गराइएको छ ।
Access Planet संस्थाले ब्रिटिश काउन्सिलसँगको सहकार्यमा जुम मार्फत आयोजना गरिएको कविता प्रतियोगितामा २४ जना अपाङ्गता भएका महिलाहरुको सहभागिता रहेको थियो ।
उक्त २४ जना सहभागीहरुबाट उत्कृष्ट ४ जना विजयी प्रतियोगीहरुलाई आगामी बैशाख ३ गते लुम्बिनीमा आयोजना हुने WOW फेस्टिबल तथा कविता प्रतियोगीतामा सहभागी गराउने अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।
सो कविता प्रतियोगीतमा अपाङ्गता भएका महिलाहरुले अपाङ्गता अधिकार, न्याय, विभेदको अन्त्य हुनु पर्ने, विभिन्न अवसरहरु प्राप्त हुनु पर्ने लगायतका सवाललाई संवोधन हुने गरी विभिन्न छन्द तथा लयमा कविता वाचन गरेका थिए ।
उक्त कविता प्रतियोगितामा साहित्यकार तथा लेखकहरु ललिता दोषी , योगेन्द्र अधिकारी र प्रभा भट्टराई निर्णयक मण्डलमा हुनु हुन्थ्यो ।
आज जुम मार्फत आयोजना गरिएको कविता प्रतियोगितामा २४ जना सहभागीहरु मध्ये सरिता अर्याल प्रथम, रिना शाह द्धितिय, आश्मा अर्याल तृतिय र सुनिता ज्ञवालीले चौथो स्थान प्राप्त गरेर विजयी हुनु भएको छ ।
साथै अन्य व्यक्तिहरुले पनि अपाङ्गता भएका महिलाहरुका सवालहरुलाई समावेश गर्दै विभिन्न कविताहरु बचन गर्नु भएको थियो भने निर्णयक मण्डलले सबैको कविता उत्कृष्ट रहेको भन्दै सबैलाई सफलताको शुभाकमना व्यक्त गर्नु भएको छ ।


