
आशन्न स्थानीय तहको निर्वाचनको मिति वैशाख ३० गतेको लागि घोषणा भएसंगै गोरखाको भिमसेन थापा गाँउपालिकामा चुनावी रौनक तातेको छ ।
भिमसेनथापा गाँउपालिका अपार सम्भाव्यता बोकेको शिक्षित तथा राजनैतिक चेतनाको दृष्टिकोणले समेत सदैव चर्चामा रहने पालिकामा, आशन्न स्थानीय निकायको चुनावमा पालिका अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यहरु बन्ने होडबाजीमा विभिन्न राजनैतिक दलका दर्जनौं नेताहरु टिकटको लागि दौडधुप गरिरहेका छन् ।
यसै बिच भिमसेन थापा गाँउपालिका अध्यक्षमा नेकपा एमाले बाट शैलेस लामिछानेको दाबेदारी रहेको छ ।
लामो समयदेखि नेकपा एमालेको राजनितिमा सक्रिय हुदै आईरहेका लामिछाने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन को केन्द्रीय सदस्यमा पनि हुन् ।
लामिछाने निकै लामो समय देखि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गोरखाको अध्यक्ष भइ मजदुरको भलाईका लागि काम गर्दै आएका छन् ।
पार्टीले विश्वास गरेमा आउदो दिनमा पालिकाको नागरिकको हक हितमा सदैब लागिरहने बताए। साथै भेलीको दिनमा गाँउपालिकाको बिकास र समृद्ध को निम्ति जन आवज लाई ध्यान मा राखेर आफुले काम गर्ने उनले बताए । उनी नेकपा एमाले गोरखाको पुर्ब जिल्ला कमिटी सदस्य पनि हुन्।
गाउँपालिकामा टिकट पाएको खण्डमा अफ्नै पार्टी को अन्य उम्मेदवार भन्दा आफ्नो मत धेरै रहेको र चुनाब सहजै जित्ने लामिछाने को तर्क छ ।


