दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समाजका समस्याहरुको वैज्ञानिक समाधान खोज्नु पर्छ : आइजी प्रदिप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २९ गते, मंगलवार १४:०२

काठमाण्डौं। फेसबुक मार्फत पाँच बर्षमा वडा बदल्ने कार्ययोजना प्रस्तुत गरेका आइजीले आफुलाइ आधुनिक समाज निर्माणको प्रपोजर बन्ने चाहना रहेको बताएका छन्।त्यसो त २०६४ सालदेखि नेपाली कांग्रेसको राजनितीमा लागेका उनी पदले आफुलाइ खोजोस् भन्न रुचाउँछन्।

राजनीतिलाई पेशागत बनाउने र भ्रष्ट कर्मचारीहरुको समुहको कारणले देश आर्थिक संकटमा फसेको तथा जनताले अनेकौं दु:खहरु फोकटमा झेल्नुपरेको बताउँदै हामी सँगको एक संवाद मार्फत आइजी भन्छन्; “समृद्ध समाज निर्माणको पहिलो कार्य भनेको बिपन्न वर्ग लक्षित कार्यक्रम जसबाट मानिस आत्मनिर्भर रहन सकोस्। श्रोत र साधन सिमित हुनेभएको कारण जनताका असिमित आकांक्षाहरुलाई प्राथमिकताको आधारमा पूरा गर्दै जान सरकारले आजको गाउँ भोलिको शहर निति अंगिकार गर्नसके मात्रै कसैलाई नि गाउँ छोड्न मन लाग्दैन”। हाभर्ड र अक्फोर्ड युनिभर्सिटी बाट यहाँ आएर कसैले काम गर्दैन, काम गर्ने भनेको तपाईं हामी नै हो, सबैलाई मान्य हुने आधुनिक समाजको मार्गचित्र कोर्नुपर्ने जिम्मेवारी युवाहरुको काँधमा आएको छ।

समाजमा समस्याहरु धेरै हुन्छन् तर यसको वैज्ञानिक समाधान खोज्न सक्नुपर्दछ। आज फ्रान्स, न्युजिल्यान्ड, आएरल्याण्ड जस्ता विकसित देशहरुलाइ युवा पुस्तालेनै हाँकिरहेको उदाहरण दिँदै कुनै पनि ठाँउको विकास त्यहाँको भुगोल र माटो अनुसारको हुनेभएको कारण त्यसको संभाव्यता अध्ययन गरि ठिक ठाँउमा टेकेर उभिँदा मात्र सफलता हात पर्ने आइजी बताउँछन्।

एक फरक प्रसङ्गमा उनले स्थानीय चुनाव नजिकिँदै गर्दा जिल्ला सभापति नन्द प्रसाद न्यौपानेले आफुलाइ भिमसेनथापा ०३ को वडा अध्यक्षको टिकट लिन कुनै पनि बेला टेलिफोन गर्नसक्ने बताउँदै आँफु नेता नभएको तर नेतामा हुनुपर्ने गुणको कमि नरहेको र राज्यको आधिकारिक व्यक्ति (जनप्रतिनिधि) बने आफ्नो वडामा कसैले नसोचेको काम गरेर देखाइदिने दाबी समेत गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु