तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २९ गते, मंगलवार १७:४०

काठमाडौं, चैत २९ । मंगलबार पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज ३४.७८ अंकले घटेर नेप्से २३८५.०२ विन्दुमा पुगेको छ । नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स ५.५२ अंक, फ्लोट इण्डेक्स २.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंकले घटेका छन् ।

आज २३७ कम्पनीको ३१ हजार ५७६ कित्ता शेयर कारोबार हुदा एक अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज कारोबारमा आएको नेस्डो समृद्ध लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

त्यस्तै आज कारोबारमा आएको इमर्जिङ नेपाल लिमिटेड र राष्ट्र उत्थान लघुवित्तको शेयर मुल्य सबै भन्दा बढी ६.५९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज कारोबारमा होटल उपसूचक बाहेक सबैको शेयर मुल्य घटेको छ । आज सबै भन्दा बढी फाइनान्स उपसूचकको मुल्य २.४० प्रतिशतले घटेको छ भने अन्यको २.३२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, नबिल बैंकको ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु