
३० चैत २०७८ शर्मिला विश्वकर्मा, काठमाडौं
नेपाल पत्रकार महासंघ लेखा समितिका संयोजक लेखनाथ न्यौपानेले नेपाल पत्रकार महासंघ मार्फत अपाङ्गता तथा दन्द्धपीडित पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि पहल गर्ने भन्दै महासंघको केन्द्रिय विधानमा अपाङ्गता भएका पत्रकारहरुको सवालहरुलाई समावेश गर्ने बताउनु भयो ।
आज नेपाल पत्रकार महासंघ अपाङ्गता तथा द्धन्दपीडित समितिले नेपाल पत्रकार महासंघको कार्यलयमा आयोजना गरेको मिडियामा अपाङ्गता तथा द्धन्दपीडित पत्रकारहरुका समस्या र महासंघको भूमिका विषयमा गरिएको छलफलमा श्रमजीवि पत्रकार जन्मदेव जैशीले पत्रकार जनताको अधिकार संरक्षण गर्ने अभियानकर्ता भएको हुदा अपाङ्गता तथा द्धन्दपीडित पत्रकारहरुलाई राज्यले सरकारी सञ्चार माध्यमहरुमा काम गर्ने अवसर प्रदान गरिनु पर्ने बताउनु भयो ।
त्यसै गरी राष्ट्रिय अपाङ्ग पत्रकार संघका अध्यक्ष रविन थपलियाले नेपाल पत्रकार महासंघले अपाङ्गता भएका पत्रकारहरुको सही तथ्याङ्कको खोजी गरी उनीहरुलाई विभिन्न सञ्चार माध्यमहरुमा रोजगारको अवसर प्रदान गरिनु पर्ने बताउनु भयो ।
सो कार्यक्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदिशप्रसाद अधिकारीले नेपाल पत्रकार महासंघले अपाङ्गता भएका सञ्चारकर्मीहरुको लागि प्रदेश स्तरबाट पनि सदस्यता उपलब्ध गराउनु पर्ने, अपाङ्गता भएका व्यक्तिहरु तथा पत्रकारहरुका सवालहरुलाई प्राथामिकता दिनु पर्ने कुरामा जोड दिनु भयो ।
सो छलफलमा नेपाल पत्रकार महासंघका पूर्व सदस्य माधब चौलागाँईले नेपाल पत्रकार महासंले अपाङ्गता भएका पत्रकारहरुको सही संख्या पत्ता लगाउन पहल गर्ने कुरामा जोड दिदै अपाङ्गता भएका पत्रकारहरुले सञ्चार सम्बन्धी प्राविधिक उपकरण खरिद गर्दा सहुलियत प्रदान गर्नु पर्ने बताउनु भयो स्वतन्त्र पत्रकार शर्मिला विश्वकर्माले अपाङ्गता भएका पत्रकारहरुका लागि नीजि तथा सरकारी सञ्चार माध्यमहरुमा रोजगारको अवसर प्रदान गर्नु पर्ने बताउनु भएको थियो ।
त्यसै गरी कैलाश खबर डट कमका सञ्चारकर्मी रक्तिम दैलेखीले नेपाल पत्रकार महासंघले अपाङ्गता तथा द्धन्दपीडित पत्रकारहरुको अभिलेख राख्नु पर्ने कुरामा जोड दिनु भएको थियो भने संवाद डवलीका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ ललितपुरका सदस्य दिपेन्द्र रावलले अपाङ्गता तथा द्धन्दपीडित पत्रकारहरुका लागि पत्रकारिताका तालिम वा अन्य कार्यक्रमहरु सञ्चालन गर्नको लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनु भयो ।
उक्त छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अपाङ्गता भएका पत्रकारहरुलाई सञ्चार माध्यमको मूलधारमा ल्याउन आवश्यक नीति निर्माणका लागि सक्दो पहल गर्ने र उनीहरुका समस्याहरु समाधान गर्न तर्फ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।


