
–शिव अधिकारी
सधै झै शुभ प्रात आउँछ यहाँ चिहाउदै झ्यालमा
यौटा बर्ष पुरानो भै वितिसक्यो छाडेर ख्याल्ख्यालमा
पाहुना सरी फेरी आउँछ यहाँ टुप्लुक्क नौलो बनि
दुइहज्जार उनासी गन्न शुरुभो संझी नयाँ हो भनि ।। १ ।।
भत्क्यो बैभव साल जो वितिसक्यो सर्कार नै फेरियो
एम्सिसि पनि दर्दनाक घटना बन्दै यसै साटियो
आँखा पर्न गयो षढयन्त्र बनि त्यो साम्रज्यवादी छिर्यो
स्वाभिमान लुटेर दाश उसको बनाउनै कस्सियो ।। २ ।।
आए मानिस कुर्लदै सडकमा हुँदैन भन्दा पनि
सर्कार्ले पिछलग्गु भै गरिदियो स्वीकार भैगो भनि
यो पिडा सकिएर आज दुनियाँ संकष्टमा घोत्लिदै
स्वाभिमान बुझाउनेहरु प्रति आक्रोसले जोसिदै ।। ३ ।।
कुर्लेका दुनियाहरु प्रति सिधै लाठि बजार्नेहरु
साँच्चै साशनमा ढलिमलि सधै मस्ती छ तिन्कै बरु
यो संकस्ट चिरेर आज दुनिया चुनाबको साँधमा
फेरी त्यै क्रुर स्वाँठ चम्किरहने सत्ता लिने सुरमा ।। ४ ।।
त्यो पाखण्ड गफाडी आउछु भनि भन्दैछ फेरी पनि
ठट्टामा दुनियाँ छलेर सजिलै स्वप्ना पुरा होस भनि
लाग्नेलाई धकेल्नु पर्छ उसको नाकै धुलोमा धसोस
यो नौलो शुभ साल शन्ति शुखको आधार खाँटी बनोस ।। ५ ।।


