दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नयाँ वर्षकाे खवर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख १ गते, बिहीबार ६:२१

रूपा थापा -नुवाकोट

नयाँ वर्षकाे दिन
नाडिमा बाधिएका राेलेक्स घडिकाे आवाजसँगै
हरेक पल बगिरहेकाे समयका डुङ्गा र
जिजिविषाका भारी बाेकेर
बग्दा बग्दै पर पर पुगेर
पहराकाे मुटुभरि सधैझै
राताम्य बनेर फुलिरहेका लालि गुरासका रङसँग
केही मिठ्ठा बात मार्दैछे काेइली र
उसै गरि मुस्कुराउदैछन सधै झै
एउटा बुढेा माझी

लुकामारी खेल्दैछ वनपाखाले
बसन्तीका नव पालुवासँग
छिचाेलेर ऐसेलुका झाडी र
काफलका सुरिलाे रूखलाई
जीन्दगीकाे घट्टाेमा केहि थान
गहुँलाई घानमा राखेर
उसै गरि मुस्कुराउदैछन सधै झै
एउटा बुढेा घटेराे

भर्खरै उड्येा फिरफिरे र
फिरफिरेसँगै दाैडिदा दैाडिदै एउटा स्यानी नानी
आँखाकाे परेलाबाट अकस्मात ओझेल परिन
र यैावनका डालिमा फक्रिएका
पानी अमलाका स्वादसँगै नबदलिएका
केही जीन्दगीका स्वादलाई पस्कन
फेरि पनि उसै गरि घाेट्दैछन कराईमा
जीन्दगीका मिठासलाई बाड्न
एउटा बुढेा हलुवाई

स्याना स्याना थाेता दन्त लहरहरू मुस्कुराउदै
नियाल्दैछन बुढा रूखहरूलाई र
त्यसै गरि नियाल्दैछन धुमिल चस्माका सिसाले
पलाउदै गरेका कलिला बाँसका मुनालाई
र समयकाे बासुरीलाई हातमा लिएर
उसै गरि मुस्कुराउदैछन सधै झै
एउटा बुढेा संगितकार र
उस्तै गरि सुस्ताई रहेछ
एउटा बुढेा कटुवाल
त्यहीँ जीवनकाे चाैतारीमा
सायद दिनु छ खवर व्युझियर
समयकाे खवर दिने त्येा बुढेा कटुवाललाई
नयाँ वर्षकाे आगमनकाे

नववर्ष २०७९सालको पावन अवसरमा सम्पुर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु