तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बरिष्ठ नेता पौडेलबाट पाँचौं प्राङ्गारिक मेलाको समुदघाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख १ गते, बिहीबार १८:२३

काठमाडौं । अर्गानिक एशोसिएशन अफ नेपाल र कंचनजंघा टि स्टेट एण्ड रिसर्च सेण्टरको आयोजनामा आज बैशाख १ गते देखि पाँचौं प्राङ्गारिक तथा प्राकृतिक कृषि मेला २०७८ संचालनमा आएको छ ।ललितपुर स्थित पाटन संग्राहलय परिसरमा आयोजित सो मेलाको उदघाटन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन् । सो अवसरमा मेलाको उदघाटन पस्चात कार्यक्रमलाई सन्बोधन गर्ने क्रममा उनले जति मानव जाती प्रकृतिबाट टाढा हुँदै गयो उति आपत र विपतमा पर्दै आएको कुरालाई कोभिडले पुष्टि गरेको बताउनुहुँदै अर्गानिक कृषि खेतीलाई प्राथमिकता दिनु पनि प्रकृतिसँग नजिक हुनु रहेको उल्लेख गरे । पूर्व सभामुख एवम् उपप्रधानमन्त्री समेत रहेका नेता पौडेलले नेपालको अधिकांश जमिन बाँझै रहेको तथा पानी त्यसै खेर गईरहेको उल्लेख गर्नुहुँदै त्यसको उपयोग गर्नुपर्ने खाँचो समेत औंल्याए । साथै उनले देशको स्थायि विकासका लागि बिस्तारै अर्गानिक उत्पादनमा जानुपर्ने जिकिर पेश गर्दै त्यसो गर्न सके नेपालको पर्यटन क्षेत्रको समेत विकास हुने बताए । उनले स्वस्थ, सुखी र आनन्दको जीवन जिउन पनि अर्गानिक अभियान अगाडि बढाउनुको विकल्प नरहे उल्लेख समेत गरे ।

त्यसैगरि, अर्गानिक एशोसियसन अफ नेपालका अध्यक्ष पूर्व मन्त्री दिपक प्रकाश बाँस्कोटाले रसायनिक मलबाट हुने बढि उत्पादनलाई अर्गानिक खेतीबाट हुने कम उत्पादनले पनि धान्न सक्छ भन्ने बिषयमा अध्ययन अनुसन्धान गर्न नसकिएको उल्लेख गर्दै सरकारले नीति ल्याएर नेपाललाई पूर्ण अर्गानिक मुलुक बनाउन लाग्नुपर्ने बताए । अध्यक्ष बाँस्कोटाले प्रधानमन्त्री र राष्ट्रपतिको आव्हानमा नभई सहि नीति ल्याएर मात्रै विदेशिएका नेपालीलाई स्वदेश फर्कन वाध्य तुल्याउन सकिने धारणा राखे । किचन होईन भान्सा घर बनाए मात्रै त्यो औषधि घर बन्ने बताएका उनले मेलाले सिंगो देशलाई नै जोंडने दाबी गरे ।

त्यसैगरि, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति नाष्ट उपकुलपति सुनिल बाबु श्रेष्ठले नेपाल उर्वर भुमी रहेको बताउदै नेपालमा शिप र परम्परागत ज्ञान कृषिसँग जोडिदै आएको इतिहास उल्लेख गर्नुहुँदै अर्गानिक उत्पादनलाई उद्योगसँग जोडन सके त्यसले देशका लागि राम्रो प्रतिफल दिने धारणा व्यक्त गरे ।

कार्यक्रम माझ मेलाकी संयोजक तथा अर्गानिक एशोसियसन अफ नेपालकी महासचिव शान्ता बाँस्कोटाले विगतका मेलाबाट प्राप्त उपलब्धीबाट प्रेरित हुँदै पाँचौ श्रिँखलासम्म आई पुगेको स्मरण गर्दै नेपाली उत्पादन प्रबर्द्धन गर्न मेला फलदायी हुने बताईन्।अर्गानिकको विकल्प अर्गानिक नै रहेको उल्लेख गर्दै उहाँले निजी क्षेत्रले अर्गानिक उत्पादनमा अघि बढिरहेको प्रसंग सहित नेपाल सरकारले अर्गानिक खेतीलाई प्राथमिकतामा राख्दै जानुपर्ने धारणा राखिन् ।
बाँस्कोटाले अर्गानिक कृषिमा लागेका व्यक्ती र कम्पनीबाट उत्पादित सामाग्री एकै ठाउँबाट बिक्री हुने हुँदा मेला सबैका लागि साझा थलो बन्ने दाबी पेश गर्दै ५० स्टल र २०० भन्दा बढि सामाग्री राखिएको त्यस स्टलमा स्वदेशी विदेशी १ लाखले अवलोकन गर्ने अनुमान गरिएको बताईन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले मेलाको सफलताको शुभकामना व्यक्त गर्दै निजी स्तरबाट अर्गानिक उत्पादनमा बढवा दिदै गईएको र यस्ता मेलाले उद्यमशिलता विकासमा प्रोत्साहन मिल्ने बताए ।

ग्लोबल कन्ट्रि अफ डिभाईन वर्ल्ड पिसका म्यानेजिङ डाईरेक्टर राजा किन्स्ले ब्रुकले नेपाल अर्गानिक मुलुकका रुपमा रहेर आफ्ना उत्पादनलाई विश्व बजारसम्म पुर्याउन सक्छ भन्दै नेपालले विश्वलाई नै नेतृत्व गर्न सक्ने औंल्याउनुभयो ।
साथै उहाँले वैदिक अर्गानिक कृषि खेतीलाई अभियानका रुपमा अगाडि बढाउन आग्रह गर्नुहुँदै यसले नेपाललाई विकास र उन्नतीमा अगाडि बढाउने उल्लेख समेत गरे ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, कार्यक्रममा ग्रिल उद्योग संघका अध्यक्ष मोहन कटुवाल, व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका का. मु. कार्यकारी निर्देशक सुयस खनाल, नेपाल एओटिएस एल्मुनाइ सोसाईटीका अध्यक्ष प्रशान्त श्रेष्ठ, कृषि अभियन्ता उद्धव अधिकारी, ग्लोबल डिभाईनकी लेस्ले ब्रुक, अर्गानिक ईन्स्पेक्टर महेश्वर घिमिरे, नेपाल अर्गानिक एशोसियसनका उपाध्यक्ष प्रेम लामा लगायतको उपस्थिती रहेको थियो ।

समुदघाटन सत्र पस्चात वरिष्ठ नेता पौडेलले मेलाको अवलोकन सहित सामाग्रीहरु खरिद गरेका थिए । ५० स्टल र चिया, कफी, अचार, मह, जुस, जडिबुटि, हस्तकला आदीका २०० हाराहारी वस्तुहरु बिक्रीका लागि राखिएको उक्त मेला वैशाख ४ गतेसम्म चल्नेछ । मेला विहान १० बजे देखी साँझ ५ बजेसम्म संचालनमा रहने आयोजक संस्थाकी तारा बाँस्कोटाले जानकारी दिएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु