
मनिशा अर्याल ,साइप्रस।
साइप्रस: नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) सम्बद्ध नेपाली जन- प्रगतिशील मञ्च साइप्रसले नयाँ वर्ष २०७९ को पावन अवसरमा, भर्चुअल माध्यमबाट बिहीबार साँझ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
उक्त शूभकामाना आदानप्रदान कार्यक्रमको अध्यक्षता नेपाली जनप्रगतिशील मंच साईप्रसका संयोजक क. नवराज गौतम ले गर्नु भएका थियो भने उपस्थित व्यक्ति लाई स्वागत मन्तब्य रास्ट्रिय कमिटी सदस्य क. नबिन चौलागाई ले राख्नु भएको थियो। उपस्थित सम्पूर्ण कमरेड हरु बीच शुभकामना आदान प्रदान र स्थानीय तह निर्वाचन को विषयमा के कसरी पार्टीलाई सहयोग गर्न सकीन्छ भन्ने बारे आ-आफ्ना धारणा राख्नु भएको थियो।
सो कार्यक्रममा बोल्दै संयोजक क.नबराज गौतम लागायतका कमरेडले वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचन मा प्रवास बाट चुनाव का लागि के कस्ता योगदान दिन सकिन्छ भन्नेबारे पनि संगठन का सदस्यहरु बीच छलफल गर्नुभएको थियो। पार्टीको पक्षमा भोट बढ़ाऊनका लागि के कस्ता काम कारबाही गर्ने ? कसरी प्रचार प्रसार गर्ने? कसरी स्थानीय तहमा बढ़ी भन्दा बढ़ी नेकपा (माओवादी केन्द्र) को पक्षमा भोटर बनाउने विषयमा गम्भीर रूपमा छलफल भएको थीयो। भर्चुअल माध्यम बाट सम्पन्न उक्त कार्यक्रम को संचालन रास्ट्रीय कमिटी सदस्य क.रमिता थापा ले गर्नु भएक़ो थीयो
औपचारिक भर्चुअल कार्यक्रम को समापन पछि उपस्थित सम्पूर्ण ले खुसी हर्ष का साथ अन्त्यमा स्वदेश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपालीहरुलाई नयाँ वर्ष को सुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरिएको छ।


