तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

लिखत रजिष्ट्रेन गर्ने व्यवस्थाकाे शुरुवात भएको १०० बर्ष पुगेको अवसरमा कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २ गते, शुक्रबार १४:५०

दोलखा । नेपालकाे भूमि व्यवस्था निकै पुरानाे छ ।ऐतिहासिक काल देखिनै औपचारिक तथा अनाैपचारिक तवरबाट जग्गा प्रशासन सम्बन्धि कामकारबाही संचालन हुँदै आएकाे पाईन्छ । जग्गालाई उत्पादनकाे साधनकाे रुपमा मात्र नलिई व्यक्तिले आफ्नो सम्पत्ति , ईज्जत् , प्रतिष्ठा र मानसम्मानकाे आधारभूत वस्तुको रुपमा स्विकार गरेकाे सन्दर्भ तथा जग्गा जमिनलाई अचल सम्पत्तिकाे रुपमा स्विकार गरिसकेपछि जग्गाको हक र अधिकार हस्तान्तरण अर्थात जग्गाको किनबेच शुरु हुन गयाे र बि.स. १९७९ साल बैशाख १ गते बाट पाेता रजिष्ट्रेशन अड्डा स्थापना गरी जग्गा किजबेच हुदा लिखत रजिष्ट्रेन गर्ने व्यवस्थाकाे शुरुवात भयाे । यसरी जग्गाको हक हस्तान्तरण आैपचारिक रुपमा शुरुवात भएकाे १०० वर्ष पूरा भएकाे गाैरवपूर्ण ईतिहासकाे स्मरण र सम्मानका लागि नेपाल सरकारबाट मन्त्रालयस्तर, विभागस्तर र जिल्लास्तरमा विभिन्न कार्यक्रम गरि मनाउन निर्णय गरियाे । साेही अनुसार दाेलखा जिल्लामा पनि नापी कार्यालय र मालपाेत कार्यालय दाेलखाकाे संयुक्त आयाेजनामा आज स्थानिय प्रशासन, स्थानिय तह र अन्य सराेकारवालाहरुसंगकाे सहभागितामा अभिलेख व्यवस्थापन , भाैतिक पूर्वाधार तथा सेवाप्रवाहका वर्तमान अवस्था , विद्यमान चुनाैति र सुधारका क्षेत्रहरुका विषयमा अन्तरक्रियात्मक कार्यक्रम संचालन गरिएकाे थियाे । मिति २०७८ चैत्र ३० गते देखि मिति २०७९ बैशाख २ गतेसम्म मनाईने उक्त दिवसकाे ३ दिनसम्मनै नापी कार्यालय र मालपोत कार्यालयमा साँझ दिपावली गर्नुकाे साथै कार्यालय परिसरकाे सरसफाइ कार्यक्रमबाट शुरु भई दाेस्राे दिन अन्तरक्रिया कार्यक्रम आयाेजना गरि मनाईएकाे थियाे भने आज अन्तिम दिन बैशाख २ गते कार्यालयमा सबैभन्दा पहिला सेवा लिन आउने सेवाग्राहीलाई अबिर, फूल, मालाबाट सम्मान गरि सेवा प्रदान गरेकाे नापी कार्यालय दाेलखाका प्रमुख, नापी अधिकृत अशाेक कुमार श्रेष्ठले बताउनु भएकाे छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु