दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नयाँवर्षको उपलक्ष्यमा ग्राण्डीमा स्वास्थ्यजाँच गर्नेलाई विशेष सहुलियत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २ गते, शुक्रबार १४:५४

काठमाडौँ, २ वैशाख । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले नयाँ वर्षको अवसर पारेर विशेष हेल्थ प्याकेज ल्याएको छ । विगत १० वर्षदेखि टोखामा सञ्चालित ग्राण्डीले नयाँ वर्ष २०७९ को अवसरमा विशेष हेल्थ प्याकेज ल्याएको हो ।

अस्पतालकी उप–महाप्रबन्धक अर्चना प्रधानले नयाँ वर्षको अवसर पारेर रु २०७९ मा विशेष हेल्थ प्याकेज सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार रु २०७९ मा जनरल हेल्थ चेकअफ प्याकेज, डाइवेटिज प्याकेज र अर्थो प्याकेजमध्ये एकवटा प्याकेज लिन सकिन्छ ।

जनरल हेल्थ चेकअफ प्याकेजअन्तर्गत ब्लड सुगर ¥यान्डम, कोलेष्टोरल, इसीजी, सिबीसी, इएसआर, युरिन, क्रेटिनाइन, एसजीओटी, एसजीपिटी, युरिक एसिड, युएसजी र डक्टर कन्सल्टेसन गर्न सकिनेछ । यसअघि ग्राण्डी अस्पतालले उक्त प्याकेजको रु ५ हजार ५३० रुपैँया लिँदै आएको थियो ।

डाइवेटिज प्याकेजअन्तर्गत ब्लड सुगर एफ, ब्लड सुगर पिपि, क्रेटिनाइन, कोलेष्टोरल, युरिक एसिड, युरिन आरई, ईसीजी, आई कन्सल्टेसन, डाइटीसीयन कन्सल्टेसन, डक्टर कन्सल्टेसनलगायतका सेवा पाउन सकिन्छ । उक्त सेवाका लागि यसअघि ग्राण्डीले रु ५ हजार ३८० लिँदै आएको थियो ।

यस्तै, अर्थो प्याकेजअन्तर्गत विएमडी, क्याल्कुलम र डक्टर कन्सल्टेसन सेवा रहेका छन् । उक्त सेवाका लागि सो अस्पतालले यसअघि रु ६ हजार ४०१ लिँदै आएको थियो । ग्राण्डीले नयाँ वर्षको लागि अगाडि सारेको तीनवटै सहुलियत सेवा बैशाख मसान्तसम्म लागू हुने उपमहाप्रबन्धक प्रधानले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु