तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नव बर्षको उपलक्ष्यमा लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरी द्वारा मृगौला पिडित र आश्रमलाई आर्थिक सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २ गते, शुक्रबार १७:२१

नव बर्षको उपलक्ष्यमा लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरी द्वारा मृगौला पिडित र आश्रमलाई आर्थिक सहयोग

नब बर्ष २०७९ को उपलक्ष्यमा लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरी द्वारा सिन्धुपाल्चोक घर भई काठमाडौँमा उपचार गर्दै आएकी दुइ वटानै मृगौला खराब भएर थलिएकी रिता आचार्यलाइ रु. २५,०००(पच्चीस हजार) र जनजाति कल्याण आश्रम मुलपानीलाइ रु. १८,०००(अठार हजार) गरि जम्मा रु. ४३,००० (त्रिचालिस हजार) आर्थिक सहयोग गरिएको छ। आर्थिक अभाब झेलेर किड्नी ट्रान्सप्लाण्ट गर्न समस्या परेको र दुइ छाक खान समेत समस्या भोगीरहेको पिडित रिता आचार्य र आश्रममा आश्रित बालबालिकाहरुको लागि नयाँ बर्षको सुरुवातमा केहि सहयोग गरि बर्ष भरिनै सहयोग गर्ने उद्घोष गरेको छ।

लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरी सक्रिय रुपमा सामाजिक कार्यमा अगाडि बढेको लायन्स क्लब हो। क्लबकि अध्यक्ष दुर्गा बिसुराल, क्लस्टर चिफ टंकनाथ पौडेल, रिजन चेयरपर्सन राजेश बिसुराल, जि एल टी कोर्डिनेटर भुपराज काफ्ले, सचिब जनकराज पाठक सदस्य द्वय लायन नविन उप्रेती लायन पुर्णिमा उप्रेतीको उपस्थितिमा मृगौला पिडित आचार्य र आश्रमलाइ नगद हस्तान्तरण गरिएको थियो।

लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरीकि अध्यक्ष दुर्गा बिसुरालले सामाजिक कार्यमा कहिले नथाक्ने र बर्ष भरिनै यसरीनै लायन्स क्लब द्वारा दुखि पिडितको पिडामा मल्हम लगाउने र सेवारुपी हातहरु नरोकिने बताईन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु