दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

किवानिस क्लब अफ युनिक नेपालकाे चार्टड प्रेसिडेन्टमा मुकुन्द ढुंगाना,INDUCTION AND INSTALLATION कार्यक्रम भव्यताका साथ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख ३ गते, शनिबार ६:४६

काठमाडौं । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनल अन्तर्गतको क्लब KIWANIS CLUB OF UNIQUE NEPAL को INDUCTION AND INSTALLATION कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । विभिन्न क्षेत्रको व्यक्तिहरुको उपस्थितिमा एक औपचारिक कार्यक्रमको आयोजना गरि किवानिस क्लब अफ युनिक नेपालको INDUCTION AND INSTALLATION भएको हो । क्लबमा पत्रकार मुकुन्द ढुंगानाको अध्यक्षतामा २१ सदस्य रहेको छ ।

२१ सदस्यीय समितिले पत्रकार तथा समाजसेवी मुकुन्द ढुंगाना चार्टड प्रेसिडेन्ट अध्यक्ष प्रेसिडेन्ट इलेक्ट भवानी प्रसाद पाैडेल, भाइस प्रेसिडेन्ट रिंकु ढकाल , सचिब दिपक अधिकारी , कोषाध्यक्ष – सुमित्रा रंजित छ भने अन्य पधादिकारि चयन क्लबकाे बैठकले गर्ने जनाएकाे छ । क्लवका अध्यक्षका ढुंगानाले कार्यक्रममा बोल्दै क्लवले आगामी दिनमा विषेश गरेर बालबालिकाको शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा काम गर्ने धेरै क्लवहरु रहेको तर, किवानिजलाई अन्य भन्दा फरक बनाएर लैजाने बताउनु भयो ।

‘किवानिज क्लव अफ युनिकले आगामी दिनमा विशेष गरेर बालबालिकाको शिक्षा स्वास्थ्य क्षेत्रमा सर्वाङगिन विकासको लागि काम गर्नेगर्छ । यो काम गर्नको लागि क्लवले तत्काल तथा दिर्घकालिन योजना बनाएर अगाडि बढ्ने छ । बालबालिका लाई शारिरीक,बौदिक,सामाजिक विकासको लागि कार्ययोजना नै बनाएर अगाडि बढ्ने छ । ढुंगानाले क्लवले विशेष गरेर शिक्षा, स्वास्थ्य,खेलकुद,वातावरणको क्षेत्रमा निरन्तर काम गर्ने छ। यस अगाडि व्यक्तिगत रुपमा गर्दै आएका सामाजिक कामहरु अब किवानिज क्लव अफयुनिक नेपाल मार्फत गर्ने छौं ।

किवानिज ईन्टरनेशनल नेपालको गर्भनर एकराज पन्त, कार्यक्रमको प्रमुख अतिथि रहेका थिए भने बिशेष अतिथिमा भाईस गर्भनरमा तीर्थ कुमार सिंह चयन सचिव दीपक शर्मा पौडेल, कोषाध्यक्षमा रामहरी सुवेदी र राजकुमार लामा,मनिषा बिमली र नम्रता गुरुङ लगाएतकाे उपस्थिति रहेको थियो। क्लबको स्पोन्सर ह्यापी नेपाल र पिस नेपाल रहेको छ भने कार्यक्रमको अध्यक्ष ह्यापी नेपालको अध्यक्ष प्रमिला लामिछानेले गर्नुभएको थियो ।

किवानिस क्लबले बालबालिकाको क्षेत्रमा सामाजिक काम गर्छ । किवानिस इन्टरनेशनल १ सय ७ वर्ष अगाडि स्थापना भएको सामाजिक संस्था हो । “हामी विश्वभरका बालबालिकाको सेवा गछौ ।” भन्ने नारा सहित क्लबले काम गरिरहेको गर्भनल एकराज पन्तले बताउनुभयो । क्लबले बालबालिकाको शिक्षा, स्वास्थ्य, नेतृत्व र वातावरणको क्षेत्रमा काम गर्ने उहाँले जानकारी दिनुभयो । किवानीस क्बल नेपालमा २०१५ मा स्थापना भएको हो । बालबालिकालाई शैक्षिक सामाग्री, निशुल्क शिक्षा, खाद्यन्न लगाएत बालबालिकाको आवश्यता अनुसारको काम गरिरहेको उहाँले बताउनुभयो । साथै सम्पूर्ण बिशेष अतिथिहरुले युनिक नेपाललाइ बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो भने कार्यक्रम संचालन सचिव दिपक अधिकारीले गर्नुभएको थियो ।

किवानिस क्लब अफ युनिक नेपाललकाे स्पाेन्सर क्लब किवानिस क्लब अफ ह्यापी नेपाल र काे स्पाेन्सर किवानिस क्लब अफ पिस नेपाल रहेकाे थियाे ।

किवानिस क्लब अफ युनिक नेपालले पनि सामाजिक भावनाका साथ बालबालिकाको क्षेत्रमा रचनात्मक काम गर्ने अध्यक्ष मुकुन्द ढुंगानाले प्रतिवद्धता गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु