तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रेस युनियन सुनसरीद्वारा एक लाख रासीको पत्रकारिता पुरस्कार स्थापना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख ३ गते, शनिबार २०:३९

काठमाडौं, वैशाख ३
नेपाल प्रेस युनियन सुनसरी शाखाले एक लाख लाख रासीको गोविन्द–खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार सहित दुई वटा पुरस्कारको स्थापना गरेको छ । पत्रकारिताको माध्यमबाट समाजको विकासमा योगदान पु¥याउनेलाई पत्रकारलाई हरेक वर्ष एक लाख एक हजार रुपैयाँ रासी प्रदान गर्ने गरी पुरस्कार स्थापना गरिको हो । त्यसैगरी, सिर्जनशील युवा पत्रकारलाई वार्षिक रुपमा ५१ ह्जार रुपैयाँ रासी पुरस्कार दिने गरी युवा पत्रकारिता पुरस्कार समेत स्थापना गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
पुरस्कार वितरणका लागि प्रेस युनियन सुनसरी शाखाले अक्षयकोष स्थापना गरेको छ । पुरस्कारको रकम उद्योगपति शिवप्रसाद घिमिरेले एसजी ग्रुपद्वारा आफ्ना आमाबुबाको नाममा प्रेस युनियनको अक्षयकोषमा प्रदान गर्ने छन् । पुरस्कार घिमिरेका बाबु आमाको स्मृतिमा प्रदान गरिनेछ ।
पुरस्कारका लागि स्थापना गरिएको अक्षय कोषमा रकम दिने विषयमा घिमिरेका छोरा सुबोध घिमिरे र प्रेस युनियन सुनसरीका अध्यक्ष अधिकारीले शनिबार एक सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सामाजिक उत्तरदायित्व अन्तर्गत परकारलाई पुरस्कृत गर्नकालागि पुरस्कारका लागि रकम प्रदान गरिनेगरी सम्झौता गरिएको घिमिरेले बताए । ‘पत्रकारिता क्षेत्रले समाजको विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ,’ घिमिरेले भने, ‘सामाजिक उत्तरदायित्व अन्तर्गत व्यवसायबाट केही रकम छुट्टयाएर सहयोग गरेका हौं ।’
प्रत्रकारिका कर्ममा लागेका पत्रकारको कामको कदर गर्नका लागि पुरस्कार स्थापना गरिएको अध्यक्ष अधिकारीले बताए ।
युनियनले सुनसरीमा भवन समेत निर्माण गर्ने तयारी गरेको छ । इटहरीका व्यवसायी तथा कांग्रेस नेता रोहित प्रसाईँले भवन निर्माणका लागि जग्गा दिएका छन् । भवन निर्माणको तयारी गरिरको अध्यक्ष अधिकारीले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु