तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रंजित र स्मारिका फिचर्ड ‘तिमीलाई हेरेर’ सार्वजनिक ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख ६ गते, मंगलवार १४:४७

काठमाडौं – गायिका सुशिला बरालको सुमधुर स्वरमा समावेश ‘तिमीलाई हेरेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वयम् गायिका बरालको शब्द, संगीत रहेको छ। यस गीतलाई महाराज थापाले संगीत संयोजन गरेका हुन्।

गायिका बरालको वास्तविक जीवन कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्मारिका ढकाल र रंजित पौडेल फिचर्ड छन्। माधव बेलबासेको सम्पादन रहेको यस भिडियोलाई अमृत सुनुवारको छायाँकन र निर्देशनमा तयार पारिएको हो। भिडियोको कथा आयाम पौडेलले लेखेका हुन्। गायिका बरालको च्यानल ‘सुशिला बराल अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो।

संगीतकी विद्यार्थी समेत रहेकी गायिका बरालका यसअघि ‘जुनी जुनी’, ‘तिम्ले आँखाको इसाराले’ लगायातका गीतहरु सार्वजनिक भैसकेका छन्। म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। गायिका बरालले आफ्नो भिडियोलाई माया गरिदिन सबैलाई आग्रह गरेकी छिन्।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु