तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आकाश श्रेष्ठ र सिर्जना कार्की अभीनित ‘बसन्ती’ बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख ६ गते, मंगलवार १५:०८

काठमाडौँ । आकाश श्रेष्ठ र सिर्जना कार्की अभीनित ‘बसन्ती’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई आकाश पाण्डेले निर्देशन गरेका हुन् । आकाश पाण्डे फिल्म निर्मातासमेत हुन् ।

उनले यसअघि निखिल उप्रेती र भारतीय अभिनेत्री मोनिका बेदीलाई लिएर ‘परिचय’ शीर्षकको फिल्म बनाएका थिए भने उनले निर्माण गरेको ‘कमिटमेन्ट २४ आवर’ बीचैमा रोकिएको थियो । आकाश र सिर्जनाबाहेक गीतमा रन्जित सिंहको पनि अभिनय देख्न सकिन्छ ।

माया प्रेमको भाव पस्कने गीतमा नवराज कलाउनी र विद्या तिवारीको स्वर रहेको छ भने गीतमा संगीत राजेन्द्र भट्टको रहेको छ । गीतको शब्द रचना पनि नवराजकै हो ।

ज्ञानेन्द्र शर्माको छायांकन रहेको गीतलाई अर्जुन भुसालले कोरियोग्राफ गरेका हुन् । गीतमा मोहित मुनालको एरेन्ज र विकास ज्ञवालीको सम्पादन रहेको छ ।

मान्द्रो मुभिजको प्रस्तुति रहेको गीतको निर्माता सुनिल कुमाल हुन् भने र सहनिर्माता अजय श्रेष्ठ र रन्जित सिंह रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु