तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

तामाङ मेगास्टार कुमार मोक्तान अभिनित ‘दोर्जे डन ब्याक अगेन’ युटुब ट्रेण्डिङमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख ७ गते, बुधबार ८:४५

काठमाडौँ । तामाङ मेगास्टार कुमार मोक्तान र नायिका सिता लामा अभिनित तामाङ कथानक चलचित्र ‘दोर्जे डन ब्याक अगेन’ युटुबको ४४ ट्रेण्डिङमा आएको छ ।

ओेएसआर डिजिटलबाट सार्वजानिक गरिएको उक्त चलचित्र युटुबमा अपलोड गरेको ४ दिनपछी युटुबको ४४ ट्रेन्डिङमा आएको हो । उक्त चलचित्रले तामाङ इतिहास मै पहिलोपटक युटुब ट्रेन्डिङमा आएको चलचित्रमा नाम दर्ता गर्न सफल भएको छ । यो चलचित्रको समाचार तयार पार्दासम्म युटुबमा उक्त चलचित्रलाई १ लाख ४३ हजार ५७९ बढी दर्शकले हेरिसकेका छन् ।

अहिले कुनै पनि प्रकारको भिडियो,चलचित्र युटुबको ट्रेण्डिङमा पर्‍यो भने त्यसले खास अर्थ राख्छ । किनकी, युटुबले नेपालमा पनि ट्रेन्डिङको सुरुवात गरेपछि अहिले भिडियो बनाउनेहरु आफ्नो सामाग्री कती हिट भैरहेको छ भनेर थाहा पाउन उत्सुक हुन्छन् ।

तामाङ मेगास्टार कुमार मोक्तानले दर्शकको मायामा कारण युटुबको
ट्रेण्डिङमा आएको बताएका छन । ‘दर्शकको मायाको कारण तामाङ इतिहासमा नै पहिलोपटक ‘दोर्जे डन ब्याक अगेन’ युटुबको ४४ ट्रेण्डिङमा आएको छ । हामी र हाम्रो टिम खुशी छौ ।’ उनले भने । मोक्तानले थप हौसला मिलेको समेटा बताए तामाङ मेगास्टार कुमार मोक्तान तामाङ चलचित्र संघका वर्तमान अध्यक्ष समेत हुन ।

सक्सेस फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रलाई भगवती मोक्तानले निर्माण गरेका हुन । निर्माता मोक्तानका अनुसार आफु एकदमै खुशी रहेको बताएकी छिन ।’तामाङ इतिहासमै पहिलोपटक ‘दोर्जे डन ब्याक अगेन’चलचित्रयुटुब ट्रेण्डिङमा आएको छ । यो एकदमै गर्वको कुरा हो । म एकदमै खुशी छु
।’

उनले कोरोना महामारीको कारण एकपटक मात्रै च्यारिटी शो गर्न सफल भएको बताएकी छिन् । अब चाडै अर्को चलचित्र निर्माण गर्ने बताएकी छिन् ।

चलचित्रलाई नायिका सीता लामाले निर्देशन गरेकी हुन भने प्रकाश मोक्तानको कथा लेखनमा तयार भएको हो । चलचित्रमा सुजिना गोले,पुसन लामा, बिकास स्याङतान,अर्जुन लामा, बुद्ध लामा, अमर लामा, गोकुल तामाङ,चन्द्र लामा,गोर्खा घिसिङ, अरुन लामा लगायत थुप्रै कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु