
मनिशा अर्याल ,साइप्रस।
गत मार्च २६ मा लिमासोल को अगस्ता – वासस केल्लाकियो सडक खण्ड अन्तर्गतको सडक छेउमा राखिएको फलामे रेलिङमा आफैले चलाएको सवारी अनियन्त्रित भै दुर्घटना हुँदा एक नेपाली नागरिकको मुत्यु भएको थियो।
नेपाल घर पूर्व पाँचथर जिल्ला भएका मृतक देबजित वस्नेत ३ वर्ष अगाडि विद्यार्थी भिसामा अध्ययन को लागि साइप्रस आएका थिए।
दुर्घटनामा परि मृत्यु भएका 23 वर्षीय बस्नेत को पार्थिब शरीर नेपाल पठाउने तय हुँदै गर्दा गैर आवसिय नेपाली संघ साइप्रस ले अबैतानिक राजदुतावास साइप्रस र इजरायल स्थित नेपाली राजदुतावास संग सहकार्य गर्दै नेपाल सरकार सङ्ग शव लाई नेपाल पठाउनको लागि सहयोग गरिदिन आग्रह गरेको छ । मृतक बस्नेत ले नेपाल सरकार बाट मृत्यु पश्चात पाउनु पर्ने हरेक अधिकार को लागि गैर आवासिय नेपाली संघ साइप्रस ले जोडदार माग गरेको छ। गैर आवासीय नेपाली संघ साइप्रस को अनुसार मृतक को गर्नुपर्ने सम्पुर्ण कागजी प्रक्रियाहरु पूरा भै St. Rafael Funeral service ले पार्थिव शरीर लगिसकेको र साइप्रस स्थित अबैतानिक राजदुतावास र इजरायल स्थित नेपाली राजदुतावास ले मन्त्रालय संग सहयोगको लागी अपिल गरेको छ ।
सहयोग को निम्ति अलि समय लाग्ने भएमा गैर आवासीय नेपाली संघ साइप्रसले साइप्रस मा रहेका विभिन्न संघ संस्था ,साइप्रस मा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु सङ्ग सहयोग को लागि अपिल गर्ने गैर आवासीय नेपाली संघ साइप्रसका अध्यक्ष कुन्दन कार्की ले जानकारी दिनुभएको छ।
मृतक बस्नेत को निधन प्रती एनआरएनए साइप्रस गहिरो दु:ख ब्यक्त गर्दै हार्दिक श्रदान्जली दिदै सम्पुर्ण परिवारजन इष्ट -मित्रहरुमा धैर्य धारण गर्ने शक्ति मिलोस भनी प्रार्थना गर्दछ।


