दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धर्मदेवीमा एमालेले मेयरमा पौडेल र उपमेयरमा गिरीलाई सिफारिस गरेपछि नगरवासी उत्साहित, एमालेको विकल्प नै नरहेको जिल्ला सदस्य अधिकारीको दाबी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख ८ गते, बिहीबार १३:५७

संखुवासभा । संखुवाभसाको धर्मदेवी नगरपालिका नेकपा एमालेले मेयर र उपमेयरको उम्मेदवार चयन गरेको छ ।
बुधबार बसेको प्रदेश कमिटीको बैठकले वडा नम्बर ५ का वडाध्यक्षसमेत रहेका लोकप्रिय नेता उदयचन्द्र पौडेललाई मेयरमा र लक्ष्मी गिरीलाई उपमेयरमा उठाउने निर्णय गरेको छ । दुवैजना पार्टीको जिल्ला कमिटी सदस्य हुन् । वडा नम्बर ९ निवासी गिरी सामाजिक संघसंस्थामा आवद्ध भएर समाजमा आफ्नो परिचय स्थापित गरिसकेकी नेतृ हुन् । गिरीले उपमेयरमा जितेपछि आफ्नो अधिकारलाई सदुपयोग गर्दै महिला र नगरवासीको हकहितमा सधैं लाग्ने जनाएकी छिन् । मेयरमा सिफारिस भएका पौडेल धर्मदेवीको इन्चार्ज पनि हुन् । पौडेल र गिरीले टिकट पाउने भएपछि पार्टीमा मात्र होइन नगरवासीमा समेत खुशी छाएको पार्टीका जिल्ला कमिटी सदस्य दिनेशराज अधिकारीले बताए । ‘मेयर र उपमेयरको उम्मेदवारी दिने व्यक्ति सबैको साझा उम्मेदवारको रुपमा हुनुहुन्छ भने पनि हुन्छ, उहाँहरुविरुद्ध कसैले औंलो ठड्याउन मिल्ने ठाउँ छैन’ अधिकारीले भने ‘उहाँहरुको उम्मेदवारी पर्ने भएपछि अरु पार्टीसमेत अब के गर्न भनेर अत्तालिएका छन् ।’ अधिकारीले पौडेल स्थानीय तह बुझेकाले उहाँ मेयर भएको ५ वर्षमा धर्मदेवीको स्वरुप नै फेरिने समेत विश्वास गरेका छन् । अधिकारीले कांग्रेसले अब नराम्ररी हार्ने दाबी गरेका छन् । धर्मदेवीमा अहिले कांग्रेसका मेयर छन् ।
मेयरमा सिफारिस भएपछि पौडेलले पार्टीले आफ्नो योगदानको सम्मान गरेको प्रतिक्रिया दिएका छन् । उनले नगरवासीको चाहना अनुसार धर्मदेवीलाई समृद्ध र सुखी बनाउने जनाएका छन् । उनले स्थानीय आवश्यकता र जनताको चाहनालाई बुझेर स्थानीय घोषणापत्र सार्वजनिक गर्ने जनाएका छन् । एमालेले जिल्लाका अन्य स्थानीय तहमा पनि बुधबार नै उम्मेदवार छनौट गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु