दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेप्से परिसूचकमा आज सामान्य वृद्धि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख ८ गते, बिहीबार १७:५०

काठमाडौं, बैशाख ८ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज ४.९४ अंकले बढेर नेप्से २३२५.४५ विन्दुमा पुगेको छ ।

नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स २.०६ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले घटेका छन् ।

आज २३१ कम्पनीको ३६ हजार १९० कित्ता शेयर कारोबार हुदा एक अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएको जालपा लघुवित्त र ग्रीन भेन्चर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज कारोबारमा आएको घलेम्दी हाइड्रो को शेयर मुल्य सबै भन्दा बढी ६.३० प्रतिशतले घटेको छ भने राष्ट्रिय बीमा कम्पनिको शेयर मुल्य ४.२१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज कारोबारमा आएका बैंकिंग, फाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा र ट्रेडिङ उपसूचकको शेयर मुल्य घटेको छ भने अन्य सबै उपसूचकको मुल्य बढेको छ ।

आज सबै भन्दा बढी अन्य उपसूचकको मुल्य २.०५ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज नेस्ड़ो लघुवित्तको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको १० करोड २८ लाखभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, नबिल बैंको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु