दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एसईई २०७८ आजबाट शुरू-५ लाख १४ हजार ९ सय ७७ विद्यार्थी सहभागी हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख ९ गते, शुक्रबार ७:४५

काठमाडौं, बैशाख ९। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ आजबाट शुरू भएको छ । यो वर्ष २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ९ सय ७७ विद्यार्थी सहभागी हुँदैछन् ।

एसईई दिने छात्राको संख्या छात्रको भन्दा ८ सय ७१ ले बढी छ । कुल परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ५७ हजार ९ सय २४ छ भने छात्रको संख्या २ लाख ५७ हजार ५३ रहेको छ । त्यस्तै, परीक्षामा प्राविधिक समूहमा ४२ विषय समावेश छन् भने प्राविधिक धारका विद्यार्थीको संख्या १४ हजार ५ सय ६४ छ ।

ग्रेडवृद्धि परीक्षामा ११ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले करिब ११ हजार ६ सय १५ विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको र तीमध्ये २ सय ९९ प्राविधिक धारका विद्यालय रहेको जानकारी दिएका छन् । सबैभन्दा बढी काठमाडौमा १ हजार ३ सय विद्यालय रहेकोमा १ सय २४ केन्द्र कायम गरिएको छ ।

बोर्डका अनुसार परीक्षामा सबैभन्दा कम मुस्ताङ र मनाङमा एक–एक परीक्षा केन्द्र कायम गरिएको छ । मनाङमा २९ र मुस्ताङमा १ सय ८३ परीक्षार्थीले सहभागिता जनाउँदैछन् । परीक्षा बिहान ८ बजेबाट शुरू भई ११ बजे सकिनेछ । तर, फरक शारीरिक क्षमता भएका परीक्षार्थीलाई अवस्था हेरेर एकदेखि डेढघण्टा समय थप गर्ने व्यवस्था गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु