
दोहा । नेपाली जनप्रगतिशिल मंच कतारले इस्लाम धर्मावलम्बीहरुको पवित्र महीना रमादानको अवसरमा शुभकामना आदान प्रदान तथा बृहत् इफ़्तार कार्यक्रम २०२२ आयोजना गर्ने जनाएको छ । कार्यक्रम आगामी आइतवार २४ अप्रिलमा वाईट हाउस रेस्टुरेन्ट प्लाजा मल सनैयामा हुने नेपाली जनप्रगतिशिल मंच कतारका अध्यक्ष बुद्दी प्रसाद भण्डारीले बताए । कार्यक्रम सफलतापूर्वक सम्पन्न पार्नको लागी मंचका पदाधिकारी लागिरहेको जनाउदै अध्यक्ष भण्डारीले कार्यक्रममा सहभागी हुनका लागी सबै कतारबासी नेपालीलाई हार्दिक निमन्त्रणा गरे ।


