दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समाजवादी प्रेस संगठन नेपालको मेट्रो एफएम प्रतिष्ठान शाखामा किशोरकुमार सेढाईँको अध्यक्षतामा ७ सदस्सीय कमिटी गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख ९ गते, शुक्रबार २१:३७

काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालको काठमाडौँ महानगरपालिका द्वारा सञ्चालित मेट्रो एफएम प्रतिष्ठान शाखामा किशोरकुमार सेढाईँको अध्यक्षतामा ७ सदस्सीय कमिटी गठन भएको छ ।

समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठको प्रमुख आतिथ्यमा भएको समाजवादी प्रेस संगठन प्रतिष्ठान शाखा भेलाले कमिटी गठन गरेको हो ।

प्रतिष्ठान शाखा कमिटीको उपाध्यक्षमा गौरव पोखरेल, सचिवमा प्रकाश उप्रेती र कोषाध्यक्षमा उदेन सामी रहनु भएको छ भने सदस्यहरूमा पूर्ण महर्जन, जीतबहादुर मगर र बाबु कृष्ण मानन्धर रहनु भएको छ ।

समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको भेलालाई प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख शम्भु श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) उपत्यका पेशागत विशेष जिल्ला कमिटीका अध्यक्ष भोलानाथ पोखरेल, काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा १५ वडाका वडा अध्यक्ष ईश्वर मान डंगेला, नेकपा (एकीकृत समाजवादी) उपत्यका पेशागत विशेष जिल्ला कमिटी सचिवालय सदस्य नमराज ढकाल, समाजवादी प्रेस संगठन नेपालका उपाध्यक्षद्वय विश्वमणि सुवेदी, सन्तराम बिडारी,उपमहासचिव उर्मिला कुँवर, समाजवादी प्रेस संगठन नेपालका सचिव तथा नेपाल पत्रका महासंघका सचिव गोविन्दप्रसाद चौलागाईं, समाजवादी प्रेस संगठन नेपाल काठमाडौँका अध्यक्ष भीम लामा,ऐक्यबद्धता मासिक पत्रिकाको अध्यक्ष निलकण्ठ तिवारी लगायतका वक्ताहरूले सम्बोधन गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु