
काठमाडौ । काठमाडौ । एसएस हस्पिटालिटी सोलुसनका प्रवन्ध निर्देशक तथा हस्पिलिटी क्षेत्रमा सक्रिय युवा व्यवसायी नरेन्द्र प्रसाद अधिकारी सम्मानित भएका छन् ।
काठमाडौमा शनिबार फोकस नेपालले नव बर्ष तथा लोकतन्त्र दिवस २०७९को अवसरमा आयोजना गरेको समुन्नत नेपाल निर्माणमा सामाजिक संघसंस्थाहरुको भूमिका ” विषयक विचार गोष्ठी तथा शुभकामना बिशेश सांस्कूतिक समारोहमा प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले भव्य समारोहका बीच अधिकारीलाई सम्मान गर्नु भएको हो।

विगत लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल अधिकारी पर्यटन व्यवसायका साथै सामाजिक विकास र सेवामा समेत पनि उत्तिकै सक्रिय छन् ।
सम्मानित भए पछि नरेन्द्रले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल लाई धन्यबाद दिदै हस्पिलिटी तथा सामाजिक क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।
कार्यक्रममा संस्थाका प्रमुख रामचन्द्र पोखरेलको अध्यक्षता, सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको बिशिस्ट अतिथिका साथै सामुदायिक सेवा केन्द्र टुँडालदेबिका अध्यक्ष रामप्रसाद न्यौपाने लगायतका बिशेश अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा आयोजक फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपालले हरेक वर्ष देश र समाजलाई योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै संस्थाले सम्मान गर्ने बताए ।
कार्यक्रममा लोकप्रिय नेपाली नौमती पन्चेबाजाको साथमा मयुर नाच, राष्ट्रिय स्तरका कलाकारहरूले नृत्य एवं बिशेष साँगितिक प्रस्तुति सहित भब्य रूपमा आयोजना भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान गरिएको थियो ।


