दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आफ्नै ठाउँमा सम्मान पाउँदा मिस नेपाल नम्रता खुशी, सम्मान गर्ने प्रधान को हुन् ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख ११ गते, आईतवार ६:४२

काठमाडौं । मिस नेपाल नम्रता श्रेष्ठलाई शनिबार चन्द्रागिरीमा सम्मान गरिएको छ ।
वडा नम्बर १५ निवासी श्रेष्ठलाई अदिवाह नेपालले सम्मान गरेको हो । राप्रपाका केन्द्रीय सदस्य, समाजसेवी तथा यातायात विज्ञ देवेन्द्र प्रधानले प्रमुख अतिथिको रुपमा उनलाई सम्मान गरेका हुन् । प्रमुख अतिथि प्रधानले मिस नेपाल राष्ट्रका गहना भएकाले सरकारले पनि सम्मान गर्नुपर्ने बताए । उनले समाजमा जुनसुकै क्षेत्रमा योगदान दिनेलाई पनि सरकार र सरोकारवाला निकायले सम्मान गरे उनीहरुमा कामप्रतिको हौसला बढ्ने बताए । सम्मान पाएपछि श्रेष्ठले आफू निकै खुशी भएको बताइन् । उनले आगामी दिनमा पनि आफ्नो यात्रालाई अगाडि बढाउने प्रतिबद्धता जनाइन् ।
संस्थाका सचिव रमण श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाह विशिष्ट अतिथि थिए । कार्यक्रममा अन्यलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु