तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शेयर बजारमा आज दोहोरो अंकको वृद्धि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख ११ गते, आईतवार १७:०८

काठमाडौं, ११ वैशाख ।लगातार घटेको शेयर बजारमा साताको पहिलो दिन नै उभार आएको छ । चुनाव लक्षित अर्थतन्त्र चलायमान हुने संकेत देखिँदा शेयर बजारमा आइतबार दोहोरो अंकको उच्च बिन्दुले बढेको हो ।

गत साताको अन्तिम दिन बिहीबार कारोबारको अन्तिम समयमा आएर बजार बढेर बन्द भएको थियो । आइतबार शेयर अंकसँगै कारोबार रकममा समेत बढेको स्टक एक्सचेञ्जले जनाएको छ ।

शेयर बजार बढ्न थालेसँगै २४२०.९१ अंकमा टेको लिएर बजार बढ्ने संकेत देखिएको छ । आइतबार एकदर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सबैजसो कम्पनीको शेयर मुल्य बढेको स्टक एक्सचेञ्जको तत्थ्यांकमा देखिएको छ ।

आइतबार नेप्से परिसूचक ९५.४६ अंकले बढेको छ । यो अघिल्लो दिनको तुलनामा ४.११ प्रतिशत बढी हो । कूल २३८ कम्पनीको ४३ हजार ४५० कारोबारबाट २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ रुपैयाँ बराबरका ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर किनबे भए ।

सरकारले आयातमा कडाइ गरेसँगै ऋण प्रवाह ठप्प हुँदा बैंकहरुमा निक्षेप बढेकाले पनि शेयर बजारमा सकारात्मक प्रभाव देखिन थालेको अर्थ जानकार नवराज गौतमको भनाई छ ।
सरकारले महँगा वस्तुको एलसी खोल्न कडाइ गरेसँगै बैंकहरुमा निक्षेप बढेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु