मेरा कुनै शब्दले

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख १२ गते, सोमबार ०९:०४

शिव अधिकारी
लेख्ने के गरि श्रृष्टिका सबकुरा लेखेर सिद्धिन्छर
पानी झिक्न सकिन्न सागर त्यसै पोखेर रित्तिन्छर
देखि साध्य कहाँ भयो र कति छन देख्ने कुरामा पनि
साध्य रैनछ गर्न जे जति गरौँ यो युग होला धनि ।। १ ।।

चल्दै जान्छ सधै समाज सुविधा श्रृगारले रंगिदै
छोईरन्छ कला र संस्कृति उसै संस्कारमा वेरिदै
आत्मा गम्भिर हुन्छ राम रमिता पाएर आफैँ भरि
श्रृष्टि यो चलिरन्छ बन्छ गतिलो संसार ढाक्ने गरी ।। २ ।।

सक्नु पर्छ यदि सकिन्छ त भने भोकाहरु तृप्तहुन
काटामार कति बृृथा कचरिमा कैल्यै नबल्झि रहुन
बन्ला काव्यकृति मिठो सुरसिलो त्यो प्रेरणा श्रोत होस
छर्छु श्रृष्टि सिगारने जतिकुरा यो युग संपन्न होस ।। ३ ।।

जागौ विश्व सुधारको जति कुरा रंगिन बस्ति हुँदै
पीडामा जति छन सबै सुखीरहुन सौगात मेरो लिदै
पैलो घामसरी उदाउन सकुँ यो युग चम्किन्छरे
मेरो कर्म सुधार संस्कृति बने संसार भरिन्छरे ।। ४ ।।

रोपौ श्रृष्टि सुधारने जति कुरा त्यस्मै फुलोस सिर्जना
लागुन सन्ततिले सधै नविनता ल्याई मेटुन तिर्सना
मैलो यो धरति नहोस कति पनि बन्दूकको गोलीले
कोही दुःखी पिडीत बन्न नपरोस मेरै कुनै शब्दले ।। ५ ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु