दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सामाजिक अभियान्ता पाैडेल सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख १२ गते, सोमबार १८:५१

काठमाडौ । सामाजिक अभियान्ता शाेभा बेल्वासे पाैडेल विशेष सेवा सम्मान २०७९ बाट सम्मानित भएकी छिन ।

काठमाडौमा शनिबार फोकस नेपालले नव बर्ष तथा लोकतन्त्र दिवस २०७९को अवसरमा आयोजना गरेको समुन्नत नेपाल निर्माणमा सामाजिक संघसंस्थाहरुको भूमिका’ विषयक विचार गोष्ठी तथा शुभकामना बिशेश सांस्कूतिक समारोहमा प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले भव्य समारोहका बीच पाैडेललाई सम्मान गर्नु भएको हो।

सम्मानित पौडेल बिगत लामो समयदेखी विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध रहेर निरन्तर रुपमा शिक्षा,स्वास्थ्य,जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने,नेपालीहरूको एकताका लागि सक्रिय भुमिका निर्वाह गर्ने, देशको इज्जत एवंम गौरव बढाउने र कीर्तिमान कायम गर्ने,आदि थुप्रै कार्यहरुमा उनको ठुलो योगदान रहदैं आएको छ ।

सम्मानित भए पछि पौडेलले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल लाई धन्यबाद दिदै सामाजिक क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।

कार्यक्रममा संस्थाका प्रमुख रामचन्द्र पोखरेलको अध्यक्षता, सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको बिशिस्ट अतिथिका साथै सामुदायिक सेवा केन्द्र टुँडालदेबिका अध्यक्ष रामप्रसाद न्यौपाने लगायतका बिशेश अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा आयोजक फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपालले हरेक वर्ष देश र समाजलाई योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै संस्थाले सम्मान गर्ने बताए ।

कार्यक्रममा लोकप्रिय नेपाली नौमती पन्चेबाजाको साथमा मयुर नाच, राष्ट्रिय स्तरका कलाकारहरूले नृत्य एवं बिशेष साँगितिक प्रस्तुति सहित भब्य रूपमा आयोजना भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु