दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बेलकोटगढीको मेयरमा जगतले टिकट पाएपछि जनता उत्साहित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख १२ गते, सोमबार २०:३०

बेलकोटगढीको मेयरमा जगतले टिकट पाएपछि जनता उत्साहित

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)को तर्फबाट जगत लामाले मेयरमा मनोनयन दर्ता गरेपछि नगरवासी उत्साहित भएका छन् ।

नगरवासीहरुले आफूले चाहेजस्तो मान्छे मेयर हुने भएपछि पार्टीसमेत नहेरी मतदान गर्ने जनाएका छन् । जगत लामो समयदेखि स्थानीयको सुखदुःखमा सहभागी हुँदै आएका छन् । उनको पार्टी माओवादी भए पनि अहिलेसम्म कसैलाई पार्टीगत आधारमा भेदभाव नगरेको गुण मान्छेले सम्झिरहेका छन् । बेलकोटगढी माओवादीको आधार इलाका नै हो । मेयरको उम्मेदवारी दिएपछि लामाले सबैको साथ र सहयोगको अपेक्षा गरेका छन् ।
उनले जनताकै चाहना र भावनाको सम्बोधन गर्नका लागि आफू मेयर हुनुपरेको बताएका छन् । आज उम्मेदवारी दर्ता गरिरहँदा उनको पक्षमा भब्य जनलहर देखिएको छ।

लामाले हिजोका दिनमा बाहिर बसेर सहयोग गरेको सम्झँदै भने ‘ म तपाइहरुको नै प्रतिनिधि हुँ, म शासक होइन सेवक बन्न चाहन्छु । लामाले भनेजस्तै उनी साँच्चै वास्तविक रुपमा जनताको सेवक नै हुन् । कसैलाई दुःख परेको ठाउँमा उनी पुग्ने गर्छन् । आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्दै आएका उनले एक पटक सेवा गर्ने मौका दिन अनुरोध गरेका थिए । यसभन्दा अघि पनि नगरप्रमुखको उम्मेदवार रहेका उनले त्यतिबेला थोरै मतले मात्र हारेका थिए तर पनि जनताभन्दा कहिल्यै पनि टाढा रहेनन् । स्थानीयले समेत साझा व्यक्तिको रुपमा लामालाई बुझेका छन् । नगरवासीले विगतमा गल्ती गरेकाले यसपालि भनें लामालाई नै मेयरमा उठाउन दवाव दिएका थिए । लामा सबै पार्टीको साझा उम्मेदवारजस्तै भएका छन् ।


उनलाई दायाँबायाँ केही नहेरी मतदान गर्ने स्थानीयको भनाई छ । उनलाई जिताउन पर्ने कारणसहित यतिबेला सामाजिक सञ्जाल र टोल तातेको अवस्था छ ।
बेलकोटगढीलाई कस्तो बनाउने,यहाँको जनतालाई कसरी समृद्ध बनाउने, विकासका पूर्वाधार कसरी अघि बढाउने, राज्य स्रोतबाट मात्रै नभइ दातृ निकायलाई समेत साथमा लिएर स्वदेशी र विदेशी लगानी भित्रयाएर नमुना बेलकोटगढी नगरपालिका बनाउने भिजन, मिसन र दृढ संकल्प जगत लामासँग रहेको छ । उनी यसअघि मेयर हारे पनि जनताको सेवामा भनें लागिरहेका छन् । उनले अघि बढाएका योजना यस्ता छन् –

१.समाजवादी क्रान्तिका लागि युवा, श्रमजिवीलाई समेटेर नगरवासीको चाहना पूरा गर्न जगत
२. बेलकोटगढी नगर उर्बरभूमि भएकोले विशेष कृषि क्रान्तिमा अग्रगामी छलाङ मार्न जगत ।
३. एक घर, एक युवा रोजगारीको सिर्जना गर्न जगत । कसैले हस्पिटलमा उपचार नपाउँदा पनि जगत ।
४. आपतविपतमा पहिलो सम्झिने नाम जगत ।
५. कोही गरिबीले विद्यालय जान नपाउँदा सहयोगी बने र बनिरहने छन् जगत ।
६. बेलकोटगढीमा भ्रष्टाचार, बेथितिलाइ परास्त गर्न सक्ने जगत ।
७. हर समस्या गुनासो सामाना गर्न, माओवादीलाई बेलकोटगढीमा अझै माओवादीमय बनाउन जगत ।
८.नेतादेखि कार्यकर्तासम्म हरसाथ सहयोगमा जगत ।
९. जनताको घरघरमा खोजिने नाम हो जगत ।
१०. स्कुल–स्कुलमा जगत ।
११. टोल–टोलमा खोजिने जगत ।
१२. हर समस्यामा पर्ने दुःखी, गरिब, दलित, जनजाति लगायत सबैले पहिले सम्झिने नाम हो जगत ।
१३. आज बेलकोटगढीमा माओवादीलाई यो स्थानमा पुर्याउने, विशेष युवाहरुबीच माओवादी पार्टीप्रति आकर्षक बढाउने जगत ।
आजसम्म जगत लामाले आफू रित्तिएर या सकिएर पनि माओवादीलाई यो स्थानमा पुर्याउनु ठूलो योगदान गरेका छन् । जगत लामाले बेलकोटगढीमा आफ्नो उचाइभन्दा पनि माओवादी केन्द्रलाई अग्लो उचाइमा पुर्याएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु