तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एसपीएका विधार्थीले पाए विश्वप्रशिद्ध पाँच तारे होटलमा अवसर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख १४ गते, बुधबार १५:१६

दुबईको विश्वप्रशिद्ध पाँच तारे होटल ‘द मेरियट्स मार्किस’ मा सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)का दुई जना विधार्थीहरुले इन्टनसिपको अवसर पाउनुभएको छ ।
विश्वकै दोस्रो अग्लो पाँच तारे होटल द मेरियट्स मार्किसमा एसपीएबाट होटल म्यानेजमेन्टमा स्नातक(बीएचएम) अध्ययनरत विधार्थीहरु सन्दीप बहादुर बलायर र प्रविन चौधरीले एकवर्षको इन्टनसिप पाउनुभएको हो ।
क्याम्पस प्रमुख योगराज गौतम, होटल म्यानेजमेन्ट कार्यक्रम संयोजक डिल्लीराज भण्डारीलगायतले विधार्थीहरुलाई मंगलबार एक कार्यक्रमसहित बिदाई गर्नुभएको थियो ।
क्याम्पस प्रमुख गौतमले एसपीएले सौद्धान्तिक अध्ययनसँगै व्यहारिक अध्ययनमा पनि जोड दिएको र विधार्थीहरुलाई ग्लोबल सिटिजन्स बनाउँन निरन्तर प्रयासको यो उदाहरण भएको बताउँनुभयो ।
‘विश्वप्रशिद्ध होटलमा एसपीएका विधार्थीहरु सीप, क्षमता विकासका लागि जानु आफैमा ठूलो उपलब्धि हो । व्यवहारिक तथा व्यवसायिक शिक्षालाई एसपीएले जोड दिदै आएको छ,’ उहाँले भन्नुभयो, ‘कोर्षबाहेक पनि विधार्थीहरुलाई ग्लोबल सिटिजन्स उत्पादन गर्ने र संसारभर एक्सोजर दिने लक्ष्यका साथ एसपीए कलेज अघि बढेको छ । भविष्यमा पनि विधार्थीलाई विश्वबजारसँग कनेक्ट गर्ने कार्यक्रमलाई हामीले निरन्तरता दिनेछौं ।’
बीएचएम संयोजक डिल्लीराज भण्डारीले दुबई जाने विधार्थीलाई शुभकामना दिदै पहिलो ब्याचकै विधार्थीहरुले द मेरियट्स मार्किस जस्तो विश्वप्रशिद्ध होटलमा काम गर्ने अवसर पाउनु सुदूरपश्चिमकै लागि गौरवको कुरा भएको बताउँनुभयो ।
‘यस्ता होटलमा इन्टरसिपको अवसर पाउनु भनेको अन्तर्राष्ट्रिय हस्पिटालिटी क्षेत्रमा अगाडि बढ्नसक्ने सुनिश्चितता हो । पढ्दापढ्दै पाएको यो अवसरले विधार्थीहरुको भविष्य सुनिश्चित भएको ग्रिन सिंग्लन पनि हो,’ उहाँले भन्नुभयो, ‘एकवर्षको इन्टनसिपपछि विधार्थीहरुले त्यही जागिर पाउने अथवा विश्वभर रहेका उसका चेन होटलहरुमा यी विधार्थीले आकर्षक जागिर पाउने सम्भावना उच्च हुन्छ ।’

भण्डारीले विधार्थीहरुलाई इन्टनसिपका लागि यस्ता होटलहरु उत्कृष्ट गन्तव्य भएकोमा जोड दिनुभयो ।

‘पढे अनुसारको अभ्यास तथा सीप हासिल गर्नका लागि यी होटल उत्कृष्ट गन्तव्य हुन् । यहाँ पढेअनुसारको संस्थागत संरचना र व्यवसायिक संस्कार प्रत्यक्ष अनुभव गर्न पाइन्छ,’ उहाँले भन्नुभयो, ‘१६ सय बढी कोठाहरु र १९ वटा होटलभित्रै रेस्टुरेन्टहरु छन् । जहाँ उनीहरुले विश्वको तौरतरिका अनुसार काम गर्ने, सिक्ने एक्सोजर पाउँछन् । विधार्थीहरुको सिक्ने चाहनालाई कलेजले भरपुर मिहिनेत गरेर यथार्थमा बदलिदिएको छ । यसबाट हामी अन्ततै खुशी छौं ।’
विधार्थीहरु बुधबार नै दुबईका लागि काठमाडौं प्रस्थान गरिसकेका छन । दुबई प्रस्थान गर्नेमध्येका एक विधार्थी सन्दीप बलायरले आफूहरुलाई क्याम्पसले विश्वस्तरीय सीपका लागि दुबई जाने व्यवस्था मिलाईदिएकोमा खुशी व्यक्त गर्नुभयो ।

‘विश्व कै प्रशिद्ध पाँचतारे होटलमा काम गर्ने बीएचएम पढेका जो सुँकै विधार्थीको ड्रिम हुन्छ । हाम्रो त्यो ड्रिम एसपीए क्याम्पसले पूरा गरिदिएको छ,’ बलायरले भन्नुभयो, ‘यो हाम्रो जीवनकै टर्निङ प्वाइन्ट हो । हामी एकदमै उत्साहित भएर गन्तव्यतिर प्रस्थान गर्दैछौं । कलेजले गरेको विश्वासमा खरो उत्रिदै पूर्ण लगन इमान्दारिताका साथ थप सीप हासिल गर्नेछौं ।’

कार्यक्रम संयोजक भण्डारीले बीएचएम टेक्निकलसीप मुलुक कोर्ष भएकाले प्लस टू पढेका र डी प्लस ग्रेड ल्याएका जो सुँकैले पनि अध्ययन गर्नसक्ने बताउँनुभयो । उनले बीएचएमका एसपीएको आफ्नै ल्याब रहेको, दक्ष जनशक्ति रहेको, छिट्टै आफ्नै बेकरी क्याफे सञ्चालन गरिरहेको बताउँनुभयो । एसपीएले गुणस्तरीय पढाईमा ध्यान दिदैँ ३३ जनालाईमात्रै बीएचएममा भर्ना लिने गर्छ । जसका लागि छिट्टै विधार्थीहरुले कलेजमा आफ्नो नाम दर्ता गराईसक्नुपर्ने भण्डारीले बताउँनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु