
काठमाडौँ, १७ बैशाख । नेपाली काँग्रेसले काठमाडौँ महानगरपालिका वडा नं ४ को अध्यक्षमा रामप्रसाद न्यौपानेलाई जिताउन टोलटोलमा समिति गठन गरेको छ ।
काठमाडौँ महानगरपालिका वडा नं ४ ले बैशाख ३० गते हुन लागेको निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेद्धार न्यौपानेलाई विजय गराउन वडाभित्रका १३ वटै टोलमा समिति गठन गरेको हो ।

काँग्रेसले विशालनगर, चण्डोल, चुनदेवी, वालुवाटार, पञ्चकन्या, गणेशवस्ती, चप्पल कारखाना, प्रगती टोल, धुम्बाराही, रारामार्गलगायतका क्षेत्रमा समिति गठन गरेको निर्वाचन परिचालन समितिका संयोजक अनिशराम भट्टराई रहनुभएको छ।

उक्त क्षेत्रमा काँग्रेसबाट वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री थापा खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेद्वारी दिनुभएको छ । उक्त क्षेत्रमा १६ हजारभन्दा बढी मतदाता रहेका छन् ।


