• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    नेपाल ट्रेड युनियन काँग्रेसद्धारा बुटवलमा श्रमिक दिवस मनाईयो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ बैशाख २०७९, आईतवार २१:२७

    वुटवल, १८ बैशाख । नेपाल ट्रेड युनियन कांगे्रस रुपन्देहीले आज एक समारोह बिच बुटवल मा भव्यताका साथ १३३ औ श्रमिक दिवस मनाएको छ ।

    बुटवल स्थित चौराह नजिक चोकबाट सयौँको संख्यामा निक्लेको ¥याली शुरु गरेर तिलोत्तमा नगर र बुटवल उपमहानगरको बिच कालिकानगरमा गइ सो ¥याली श्रमिक सभामा सम्पन्न भएको थियो ।

    ¥यालीमा कार्यक्रमका प्रमुख अतिथी नेपाली कांगे्रसका लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन नेपाल ट्रेड यूनियन कांगे्रसका राष्ट्रिय उपाध्यक्ष अजयकुमार राईलगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    श्रमिक सभामा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी कांगे्रस सभापति अमर सिंह पुन ले सबै श्रमिक दाजु भाई दिदी बहिनी हरु मिलेर रुपन्देहीका १६ वटै स्थानीय तहमा कांगे्रसलाई जिताउन जरुरी छ र यस्तै सभामा विजय जुलुसमा सबै श्रमिकहरु लाई बधाई दिन आफुलाई इच्छा लागेको बताउनु भएको थियो ।

    उहाँले आफनो कार्यकालमा सबै श्रमिक साथीहरुलाइ नेपाली कांगे्रसमा उचित स्थान दिने पनि बताउनुभएको थियो ।

    त्यस्तै, बुटवल उपमहानगरका मेयर प्रतिस्पर्धि तथा कार्यक्रमका विशिष्ट अतिथी खेलराज पाण्डेले आफुले रुपन्देहीका सबै श्रमिक साथीहरुलाई व्यक्तीगत रुपमा पनि चिनेको र ट्ेड युनियन कांगे्रसको सबै संरचना बुझेकोले आफु जिते पछी कांगे्रसको केन्द्रिय संकल्प पत्र अनुसार श्रमिकहरुका बारेका बोलेका श्रम परिषद , अनौपचारीक क्षेत्रका श्रमिकहरु लाई सामाजिक सुरक्षामा जोडने कुरा लागु गराउने मा आफु प्रतिबद्ध रहेको बताउनु भयो ।

    त्यसैगरी गरेर ट्रेड युनियन कांगे्रसका केन्द्रिय उपाध्यक्ष अजयकुमार राईले सबै श्रमिक साथीहरुलाई १३३ औ मई दिवसको शुभकामना दिनुभयो ।

    उहाँले देशैभर नेपाली कांगे्रसका उम्मेदवार हरु लाइ विजयी बनाउनका लागि मई दिवसका अवसरमा केन्द्र बाट प्रतिनीधीहरु खटाएको र श्रमिक साथीहरुलाइ निर्वाचनलाई लिएर परिचालन गर्ने योजना मुताबिक आफु रुपन्देही आएको र सबै साथीहरु कांग्ेस ले ट्रेड युनियन काँगे्रससँग सल्लाह गरिकन आफनो संकल्प पत्रमा श्रमिकका मुद्धाहरु जोडेकोले पनि सबै नेपाली कांगे्रसका उम्मेदवार हरु लाई जिताउन जरुरी छ र त्यसका। लागि सबै श्रमिकसाथीहरु एक्यबद्ध भई लाग्नु हुन अपिल समेत गर्नु भएको थियो ।

    सो श्रमिक सभमा नेपाली कांगे्रस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना , प्रदेश सदस्य शान्ती तिम्सीना , ट्रेड युनियन कांगे्रस रुपन्देही पूर्व अध्यक्ष काजीमान श्रेष्ठ , प्रदेश उपाध्यक्ष कृष्ण बेल्वासे , काउनका राष्ट्रिय अध्यक्ष जेवी गुरुङ , नेपाल व्युटिसियन संघ की प्रदेश अध्यक्ष विष्णु थापा , जिल्ला अध्यक्ष रेणु कर्माचार्य , नाई संघ प्रदेश अध्यक्ष सफातुल्लाह रजा , जिल्ला सचिव हिम केशी लगायतले पनि सम्बोधन गर्नुभएको थियो सो श्रमिक सभाको अध्यक्षता रुपन्देही ट्रेड युनियन कांगे्रस अध्यक्ष ओमप्रकाश चौधरी ले गर्नु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु